मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रतिवैरम्’को पहिलो गीत ‘माहोल गरम’ सार्वजनिक भएको छ। निर्माण पक्षले गीतलाई नेपालीसँगै हिन्दी, मैथिली र भोजपुरी भाषामा पनि दर्शकमाझ ल्याएको हो।
नेपाली संस्करणमा रोशन दासको शब्द तथा मनीष अधिकारीको संगीत रहेको गीतमा गहृतिका श्रेष्ठको स्वर छ। हिन्दी संस्करणलाई ‘जवानी कातिल’ नाम दिइएको छ, जसमा लभ कर्णको शब्द र शिवानी भगतको स्वर रहेको छ। त्यस्तै, मैथिली संस्करण ‘जवानी सेहो कातिल’ र भोजपुरी संस्करण ‘गाउँवा बा घायल’ शीर्षकमा सार्वजनिक गरिएको छ।
चारवटै संस्करणको भिडियोमा अभिनेत्री प्रियंका कार्की आकर्षक नृत्यमा प्रस्तुत भएकी छन्। फिल्ममा उनको पात्रलाई ‘वसन्ती’का रूपमा चिनाइएको छ।
रेज इन्टरटेनमेन्टले आदर्श प्रोडक्सन, सिम्पल एड मिडिया र श्रीयान इन्टरटेन्टमेन्टसँगको सहकार्यमा निर्माण गरेको फिल्मलाई रोशन दासले निर्देशन गरेका हुन्। यो दासको निर्देशकका रूपमा डेब्यू चलचित्र हो।
चलचित्रमा सम्राट दास, वीरेन्द्र सिंह कुशवाहा, आलिशा बास्तोला, सुप्रज्ञा शर्मा, नारायण विक, आशिष डिके र रमेश बुढाथोकीलगायत कलाकारको अभिनय छ। हर्ष कुमार यादव र सत्यराज चौलागाईं निर्माता रहेको फिल्ममा कृष्ण बर्देवाको छायांकन, कबीर ओडको सम्पादन र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ।
मनीष अधिकारीले संगीत तथा प्रेम चुल्ठेले द्वन्द्व निर्देशन गरेका छन् भने समीर मियाँले भिएफएक्सको जिम्मेवारी सम्हालेका छन्। निर्देशक दासकै कथामा बनेको फिल्मको पटकथा तथा संवाद युवराज भट्टराईले लेखेका हुन्।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd