logo

२०८३ कार्तिक ६ बिहिबार

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि देशभर प्रदर्शनमा आउने

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि देशभर प्रदर्शनमा आउने

  • kollywood 1
  • बिहिबार, २९ असोज २०८३
104
SHARES
‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि देशभर प्रदर्शनमा आउने

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको ट्रेलर मंगलबार सार्वजनिक गरिएको हो।

चलचित्र ‘कबड्डी ५’ आगामी कात्तिक ६ गतेदेखि देशभरका सिनेमाघरमा एकसाथ प्रदर्शनमा आउने तय भएको छ। चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै नेपाली चलचित्रप्रेमीमाझ यसप्रति चासो बढ्ने अपेक्षा गरिएको छ।

चलचित्रमा नेपाली फिल्म क्षेत्रका चर्चित कलाकार दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपिन कार्की र मिरुना मगरको अभिनय रहेको छ। त्यसैगरी सिर्जना गुरुङ, रिश्मा गुरुङ, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्चसुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईँलगायत कलाकार पनि चलचित्रमा देखिनेछन्।

चलचित्रका निर्माता निर्देशक रामबाबु गुरुङसँगै मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) रहेका छन्।

‘कबड्डी’ शृङ्खलासँग जोडिएको यस चलचित्रलाई दर्शकले कस्तो प्रतिक्रिया दिनेछन् भन्ने चासो बढेको छ। कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने चलचित्रले नेपाली बक्सअफिसमा कस्तो व्यापार गर्छ भन्ने कुरा भने प्रदर्शनपछि नै स्पष्ट हुनेछ।


बिहिबार, २९ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go