logo

२०८३ कार्तिक ५ बुधबार

‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक, दुई श्रीमतीको चक्करमा दीपकराज गिरी

‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक, दुई श्रीमतीको चक्करमा दीपकराज गिरी

  • kollywood 1
  • बिहिबार, २९ असोज २०८३
143
SHARES
‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक, दुई श्रीमतीको चक्करमा दीपकराज गिरी

दशैंको फूलपातीको अवसर पारेर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले सार्वजनिक गरेको ४ मिनेट १८ सेकेन्ड लामो ट्रेलरले चलचित्रको कथावस्तुबारे संकेत गरेको छ ।

ट्रेलरमा अभिनेता दीपकराज गिरी बाइक राइडरको भूमिकामा देखिएका छन् । उमेर ढल्किँदै गएको पात्रले दुई श्रीमतीसँगको वैवाहिक जीवनमा भोग्नुपर्ने परिस्थितिलाई चलचित्रको मुख्य कथावस्तु बनाइएको देखिन्छ । पारिवारिक सम्बन्ध, प्रेम र वैवाहिक जीवनमा आउने उतारचढावलाई हास्यरसमा प्रस्तुत गरिएको चलचित्रले दर्शकलाई मनोरञ्जन दिने अपेक्षा गरिएको छ ।

चलचित्रमा दीपकराज गिरीसँगै दीपाश्री निरौला, केकी अधिकारी र सनिशा भट्टराई मुख्य भूमिकामा छन् । यसैगरी प्रकाश घिमिरे, रमा थपलिया, निर्मल शर्मा, मेक्सम गौडेल, नवीन लम्साल, विष्णु सापकोटा, रवीन्द्र झा, रजनी केसी र कर्मा शाक्यलगायत कलाकारको पनि अभिनय रहेको छ ।

दीपेन्द्र लामाको निर्देशनमा बनेको चलचित्रको कथा, पटकथा तथा संवाद दीपकराज गिरीले लेखेका हुन् । चलचित्रमा दीपाश्री निरौलाले सल्लाहकारको भूमिका निर्वाह गरेकी छन् ।

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई आईएमईले पनि प्रस्तुत गरेको छ । चलचित्र असोज ३१ गते दशैंको फूलपातीका दिनदेखि प्रदर्शनमा आउने जनाइएको छ ।

चलचित्रको छायांकन सुशन प्रजापति र आलोक शुक्लाले गरेका छन् भने सम्पादन विपिन मल्लको रहेको छ । चलचित्रको नेपाल वितरण एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले गर्नेछन् ।


बिहिबार, २९ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go