logo

२०८३ कार्तिक ६ बिहिबार

रिलिजको मुखमा विराज भट्टलाई झट्का, ‘१२ गाउँ २’को तुलना पल शाहको फ्लप फिल्मसँग

रिलिजको मुखमा विराज भट्टलाई झट्का, ‘१२ गाउँ २’को तुलना पल शाहको फ्लप फिल्मसँग

  • kollywood 1
  • बिहिबार, २९ असोज २०८३
143
SHARES
रिलिजको मुखमा विराज भट्टलाई झट्का, ‘१२ गाउँ २’को तुलना पल शाहको फ्लप फिल्मसँग

प्रदर्शनको तीन दिनअघि सार्वजनिक भएको नेपाली चलचित्र ‘१२ गाउँ २’को ट्रेलरले आलोचनात्मक प्रतिक्रिया पाएपछि अभिनेता तथा निर्देशक विराज भट्टलाई झट्का लागेको छ । अघिल्लो चलचित्र ब्लकबस्टर बनेकाले यसको सिक्वेलप्रति दर्शकको अपेक्षा उच्च थियो ।

मेकिङमा आत्मविश्वास देखाएका विराजले चलचित्रको प्रचारमा कम समय दिएका थिए । तर, मंगलबार सार्वजनिक ट्रेलरका केही दृश्यलाई लिएर दर्शकले असन्तुष्टि जनाएका छन् । ट्रेलरमा एक्सनका दृश्यलाई प्राथमिकता दिइएको छ भने अभिनेता अनुपविक्रम शाही खलपात्रको भूमिकामा देखिएका छन् ।

अनुपविक्रमलाई मुस्लिम पात्रको लुक्स दिन प्रयोग गरिएको नक्कली दाह्री र जुँगालाई लिएर सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । यही दृश्यका कारण ‘१२ गाउँ २’को तुलना अभिनेता पल शाहको चलचित्र ‘रावायण’सँग हुन थालेको हो । ‘रावायण’मा पनि पल शाहको नक्कली दाह्री अस्वाभाविक देखिएको भन्दै आलोचना भएको थियो ।

‘१२ गाउँ २’को ट्रेलरमा अनुपविक्रमको दाह्री स्वाभाविक नदेखिएको भन्दै कतिपय दर्शकले प्रतिक्रिया दिएका छन् । चलचित्रको मेकिङ र पात्रको लुक्सलाई लिएर उठेका प्रश्नले प्रदर्शनअघि नै फिल्मको चर्चा प्रभावित पार्न सक्ने देखिएको छ ।

दशैंको अवसरमा प्रदर्शनमा आउन लागेको ‘१२ गाउँ २’ले अन्य दुई चर्चित चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । यस्तो अवस्थामा ट्रेलर सार्वजनिक भएपछि आएका नकारात्मक प्रतिक्रियाले चलचित्रको व्यापारमा कस्तो प्रभाव पार्छ भन्ने कुरा भने प्रदर्शनपछि मात्रै स्पष्ट हुनेछ ।


बिहिबार, २९ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go