logo

२०८३ कार्तिक ६ बिहिबार

गायिका रिता थापा मगर कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

गायिका रिता थापा मगर कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

  • kollywood 1
  • बिहिबार, २९ असोज २०८३
195
SHARES
गायिका रिता थापा मगर कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

लोकदोहोरी गायिका रिता थापा मगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उनी खुला महिला समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।

निर्वाचनमा रिताले २ हजार ३०८ मत प्राप्त गरेकी छन् । पार्टीको केन्द्रीय नेतृत्वमा पुगेकी उनी पछिल्लो दुई दशकदेखि नेपाली लोकदोहोरी क्षेत्रमा सक्रिय छिन् ।

गायन क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएकी रिता राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी पूर्वअध्यक्षसमेत हुन् । सांगीतिक क्षेत्रमा पहिचान बनाएकी उनी अब कांग्रेसको केन्द्रीय सदस्यका रूपमा पार्टीको नेतृत्व तहमा रहेर काम गर्नेछिन् ।


बिहिबार, २९ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go