logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • शुक्रबार, १८ बैशाख २०८३
  • आई. एम. जीतबहादुरको टिजर रिलिज

    आई. एम. जीतबहादुरको टिजर रिलिज

    • kollywood_khabar
    • शुक्रबार, १३ चैत्र २०८२
    195
    SHARES
    आई. एम. जीतबहादुरको टिजर रिलिज

    लोकप्रिय अभिनेता जीतु नेपालले पहिलो पटक निर्माण गरेको फिल्म आई. एम. जीतबहादुरको टिजर रिलिज भएको छ ।
    भारतका बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको यस फिल्ममा कलाकार बन्न गाउँबाट शहर पुगेर संघर्ष गर्ने एक साधारण युवाको कथालाई रोचक ढंगमा प्रस्तुत गरिएको छ ।
    जीतु नेपाल प्रमुख भूमिकामा रहेको यस फिल्ममा उनको जोडीका रुपमा भने अभिनेत्री बर्षा राउतले अभिनय गरेकी छिन । फिल्ममा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल सहित अन्य चिरपरिचित कलाकारहरुलाई समेत विशेष भूमिकामा देख्न सकिन्छ ।
    कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस फिल्ममा निश्चल कुवर र निरज नेपाल कार्यकारी निर्माताको रुपमा रहेका छन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारीले जीतुलाई निर्माताको रुपमा सघाएका छन् ।
    भारतीय सिनेमाटोग्राफर अरविन्दले खिचेको यो फिल्म आउँदो वर्षको असार महिना भित्र प्रर्दशन गर्ने लक्ष्य राखिएको छ ।


    शुक्रबार, १३ चैत्र २०८२
    सम्बन्धित समाचार
    Go