logo

२०८१ फाल्गुन ५ सोमबार

logo
  • सोमबार, ५ फाल्गुन २०८१
  • ‘पिताम्बर’को टिजर सार्वजनिक

    ‘पिताम्बर’को टिजर सार्वजनिक

    312
    SHARES
    ‘पिताम्बर’को टिजर सार्वजनिक

    तीन स्टारहरु प्रदीप खड्का, दयाहाङ राई र सौगात मल्लको पहिलो सहकार्य रहेको फिल्म ‘पिताम्बर’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएका २ मिनेट लम्बाईको टिजरमा एक्सन सिनले भरिएको छ । टिजरमा बदलाको कथालाइ देखाइएको छ ।
    तराईको समथर भूभागलाई चित्रित गर्दै सुरु भएको टिजरमा प्रदीपको इन्ट्रीपछि एक्सनलाई प्राथमिकता दिइएको छ । उनको पात्र हिंसात्मक देखिन्छ । त्यस्तै दयाहाङ भने इन्स्पेक्टरको भूमिकामा छन् । एक दृश्यमा उनलाई प्रदीपले चुनौती दिइरहेको देखिन्छ । टिजरको अन्तिममा हेलिकप्टरबाट सौगातको इन्ट्रीसहित एउटा संवाद छ, ‘अब यो प्रचण्ड गर्मीमा शीतलहर चलाउने जिम्मा मेरो ।’ यसपछि उनी एक्सनमा उत्रिन्छन् । यि तीन स्टारको साथामा प्रमोद अग्रहरी, अनुपविक्रम शाही, सुरक्षा पन्त, दिव्यदेव, दिव्या रायमाझी, सुपुष्पा भट्टलाइपनि टिजरमा देख्न सकिन्छ ।
    कृषा चौलागाईंको निर्देशनमा तयार भएको यो फिल्ममा गौरी मल्ल, रविन्द्र झा, कामेश्वर चौरसिया, टीका पहारी, गौरव विष्ट, सुरवीर पण्डितलगायतको पनि अभिनय छ । विशाल चौलागाईं र पुरुषोत्तम प्रधानले निर्माण गरेको यो फिल्ममा प्रदीप भारद्वाज र अभिमन्यू निरवीको पटकथा तथा संवाद, पुरुषोत्तम प्रधानको छायाकन रहेको छ । यो फिल्म नयाँ वर्षको छेको पारेर चैत २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।




    मंगलबार, १ माघ २०८१
    सम्बन्धित समाचार
    Go