logo

२०८२ फाल्गुन २७ बुधबार

logo
  • बुधबार, २७ फाल्गुन २०८२
  • बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने

    बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने

    • kollywood_khabar
    • शुक्रबार, २० मंसिर २०८२
    481
    SHARES
    बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने

    मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।

    अभिनेता प्रदीपकुमार चौधरीको डेब्यू निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘तरङ्ग’ मार्फत मोडल बरुणले ठूलो पर्दामा डेब्यू गर्न लागेका हुन् ।

    एक दर्जनभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका बरुण अब पहिलोपटक फीचर फिल्ममार्फत दर्शकमाझ आउन लागेसँगै उत्साहित देखिएका छन् ।

    फिल्मको कथा, पात्र र निर्देशकको विश्वासले आफूलाई ‘तरंग’मा जोडिएको बरुणले बताए । “मेरो भूमिका शक्तिशाली छ। टिमको भरोसा मिहिनेतले उतार्नेछु,” उनले भने ।

    आफ्नो पात्रलाई लिएर दर्शकले रुचाउनेमा उनी विश्वस्त छन् ।

    यो चलचित्रको पटकथा लेखन पनि निर्देशक चौधरी स्वयंकै रहेको छ । फिल्म मनोरम प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको निर्माता सुजन राई र तर्कराज जोशी रहेका छन् ।

    ‘सुपरन्याचुरल लभस्टोरी’ जनरामा तयार हुने ‘तरंग’ को छायांकन इटहरी, धरान, बेलबारी, चतरा, चितवन, बुटवल, पोखरा र भेडेटारलगायत स्थानमा हुनेछ ।

    यो सिनेमाको छायांकन केही दिनदेखि बेलबारीमा भइरहेको छ ।

    करिब २ करोड रुपैयाँ बजेटमा तयार हुन लागिरहेको चलचित्रको मुख्य भूमिकामा बरुणसँगै रविना केसी, बारत लिम्बु, कृष्ण थापा, सारा राई, उजल राई र उत्तम गुरुङ लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

    चलचित्रका छायाकार महेश पौडेल रहेका छन् भने निर्माण नियन्त्रकको भूमिकामा रिजन परियार छन् ।

    खलनायकका विविध भूमिकाबाट पहिचान बनाएका निर्देशक चौधरी लामो समयदेखि मण्डला नाटकघरसँग आबद्ध छन् । उनी पछिल्लो पटक चलचित्र ‘वरिष्ठ बलराम’ मा देखिएका थिए ।

    यो सिनेमालाई २०२६ भित्र रिलिज गरिने निर्माणपक्षले बताएको छ ।


    शुक्रबार, २० मंसिर २०८२
    सम्बन्धित समाचार
    ताजा अपडेट
    Go