logo

२०८३ जेष्ठ १२ मंगलबार

logo
  • मंगलबार, १२ जेष्ठ २०८३
  • ‘१२ गाउँ’ असोज २४ गते

    ‘१२ गाउँ’ असोज २४ गते

    2K
    SHARES
    ‘१२ गाउँ’ असोज २४ गते

    यसपालिको दशैंको फूलपाती अर्थात् असोज २४ गते यस अघि नै दुइ फिल्म रिलिजको घोषणा भैसकेको छ । बक्स अफिसमा नेपाली फिल्मबीच त्रिपक्षीय भिडन्त हुने भएको छ । ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’पछि अब यो मितिमा अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा तयार भएको एक्सन प्रधान फिल्म ‘१२ गाउँ’ पनि प्रदर्शनमा आउने भएको छ । ‘१२ गाउँ’ टिमले पोस्टर सार्वजनिक गर्दै फूलपातीलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।
    फिल्मको पोस्टरमा विराजका छोरा समीर भट्ट देखिएका छन् । सुगठित शरीरसहित सर्टलेस अवतारमा मेशिनगन चलाउँदै गएको अवस्थामा उनलाई देख्न सकिन्छ । पृष्ठभूमिमा भने गाउँको घना बस्ती छ । पोस्टरले नै फिल्म एक्सनले भरिएको प्रष्ट हुन्छ । यही फिल्मबाट समीरले डेब्यु गरेका हुन् ।
    यसमा समिरको अलावा भट्ट पनि मुख्य भूमिकामा छन् । साथमा पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का, सनिशा भट्टराई, मुरलीधर, दीया मास्के, अर्जुन जंग शाही, नरेन खड्का, शुलेमान शंकर ९इकु०, सन्तोष सरकार, स्टन्ट सिल्भा ९साउथ फिल्मका चर्चित कलाकार० लगायतको पनि अभिनय रहेको छ ।

    फिल्ममा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्रीको संगीत रहेको छ भने कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन,विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ । फिल्ममा साउथका स्टन्ट सिल्भाको द्वन्द्व निर्देशन छ । उनलाई शंकर महर्जनले सघाएका छन् । फिल्मलाई महेश पौडेलले खिचेका हुन् ।


    बुधबार, ३० साउन २०८१
    सम्बन्धित समाचार
    Go