logo

२०८३ मंसिर ७ आइतबार

परीक्षा लिम्बुका ‘हिमालयन गोल्ड’ अभिनय यात्राको फरक अनुभ

परीक्षा लिम्बुका ‘हिमालयन गोल्ड’ अभिनय यात्राको फरक अनुभ

104
SHARES
परीक्षा लिम्बुका ‘हिमालयन गोल्ड’ अभिनय यात्राको फरक अनुभ

अभिनेत्री परीक्षा लिम्बुका लागि आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘हिमालयन गोल्ड’ अभिनय यात्राको फरक अनुभव बनेको छ। हिमाली परिवेशमा आधारित चलचित्रमा उनी सोनाम नामक प्रमुख पात्रको भूमिकामा प्रस्तुत हुँदैछिन्। अहिलेसम्म आफूले नगरेको परिवेश र चरित्रमा काम गर्न पाउँदा उत्साहित देखिएकी परीक्षाका लागि यो चलचित्र सिकाइसँगै चुनौतीपूर्ण अनुभव पनि बनेको छ।

चलचित्रमा प्रमुख भूमिका निर्वाह गरे पनि परीक्षा आफूलाई एक्लै सिंगो कथा बोकेको कलाकारका रूपमा हेर्दिनन्। उनी निर्देशकदेखि प्राविधिक र कलाकारसम्मको सामूहिक प्रयासले मात्र आफ्नो भूमिका प्रभावकारी बनेको बताउँछिन्।

‘मैले सबै टिमसँग मिलेर पिलरको काम गरेकी छु। मेरो चरित्रलाई राम्रोसँग प्रस्तुत गर्न टिमका सबै सदस्यको उत्तिकै योगदान छ,’ उनी भन्छिन्।

निर्देशकबाट सोनामको चरित्र र कथा सुन्दा परीक्षामा उत्साहसँगै केही नर्भसनेस पनि थियो। हिमाली परिवेश र त्यहाँको जीवनशैलीसँग प्रत्यक्ष परिचित नभएकाले पात्रलाई पर्दामा उतार्नु उनका लागि सहज थिएन। तर, आफूले अहिलेसम्म नगरेको चरित्रमा काम गर्ने अवसरले उनलाई थप उत्साहित बनायो।

परीक्षा अग्रज कलाकारसँग काम गर्नुलाई चुनौतीभन्दा सिकाइको अवसर मान्छिन्। विशेषगरी सुनिल थापालगायत अनुभवी कलाकारसँग स्क्रिन शेयर गर्दा उनीहरूको अनुभव र काम गर्ने शैलीबाट धेरै कुरा सिक्न पाएको उनको भनाइ छ।

सोनामको चरित्र निर्माणका लागि उनले पात्रको सोच, व्यवहार, परिस्थिति र निर्णय पछाडिका कारण बुझ्ने प्रयास गरिन्। निर्देशकको भिजन र टिमसँगको निरन्तर छलफलले चरित्रलाई आत्मसात् गर्न सहयोग पुगेको उनी बताउँछिन्। आफ्नो वास्तविक स्वभावसँग सोनामका केही पक्ष मिले पनि धेरै कुरामा फरक रहेको उनको अनुभव छ। आफूभन्दा भिन्न स्वभाव र सोच भएका पात्र निर्वाह गर्न पाउनु नै अभिनयको सुन्दर पक्ष भएको उनको बुझाइ छ।

आफ्नो अभिनयको मूल्यांकन अहिले नै गर्न नचाहने परीक्षा दर्शकको प्रतिक्रियालाई अन्तिम निर्णय मान्छिन्। उनले आफूले सक्दो मेहनत र इमानदारीका साथ काम गरेको बताएकी छन्।

‘दर्शकले मेरो नामभन्दा पनि मैले निभाएको सोनाम चरित्र सम्झिनुभयो भने त्यो मेरा लागि ठूलो उपलब्धि हुनेछ,’ उनी भन्छिन्।

परीक्षाका अनुसार कुनै एउटा चलचित्रले मात्र कलाकारलाई सधैँ स्थापित गराउँछ भन्ने हुँदैन। हरेक नयाँ प्रोजेक्टमा कलाकारले आफूलाई फेरि प्रमाणित गर्नुपर्ने हुन्छ। ‘हिमालयन गोल्ड’बाट दर्शकले फरक सिनेम्याटिक अनुभव लिन सकून् र नेपाली चलचित्रमा विगतको परिवेशलाई समेटेर पनि स्तरीय फिल्म बनाउन सकिन्छ भन्ने सन्देश जाओस् भन्ने उनको चाहना छ।


बुधबार, ३ मंसिर २०८३
सम्बन्धित समाचार
Go