logo

२०८३ मंसिर ७ आइतबार

भरतमणि पौडेल गौतम होलिडेजको ब्रान्ड एम्बेसडर नियुक्त

भरतमणि पौडेल गौतम होलिडेजको ब्रान्ड एम्बेसडर नियुक्त

143
SHARES
भरतमणि पौडेल गौतम होलिडेजको ब्रान्ड एम्बेसडर नियुक्त

हास्यकलाकार भरतमणि पौडेल अब पर्यटन तथा ट्राभल व्यवस्थापन कम्पनी गौतम होलिडेज प्रा.लि.को ब्रान्ड एम्बेसडर बनेका छन्। ‘कमेडी च्याम्पियन सिजन २’ का विजेता पौडेललाई कम्पनीले एक वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो।

मङ्सिर २ गतेदेखि लागू हुने गरी गरिएको सम्झौताअनुसार पौडेलले आगामी एक वर्षसम्म कम्पनीका विभिन्न प्रचारप्रसार तथा प्रवर्द्धनात्मक कार्यक्रममा सहभागिता जनाउनेछन्।

आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटनको प्रवर्द्धनसँगै कम्पनीको ब्रान्ड पहिचानलाई थप सशक्त बनाउने लक्ष्यसहित यो सहकार्य गरिएको गौतम होलिडेजले जनाएको छ।

विगत १५ वर्षदेखि पर्यटन, ट्राभल तथा स्वदेश र विदेश भ्रमणसम्बन्धी सेवा प्रदान गर्दै आएको कम्पनीले भरतमणिसँगको सहकार्यले आफ्नो व्यावसायिक गतिविधि र बजार विस्तारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेको छ।

कम्पनीका प्रबन्ध निर्देशक उत्तम गौतमले भरतमणि पौडेलसँगको सहकार्यले ब्रान्डको पहिचान स्थापित गर्न तथा व्यावसायिक प्रवर्द्धनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।


बिहिबार, ४ मंसिर २०८३
सम्बन्धित समाचार
Go