logo

२०८३ जेष्ठ १८ सोमबार

logo
  • सोमबार, १८ जेष्ठ २०८३
  • ‘डोरी’ चैत १५ गतेदेखि प्रदर्शनमा

    ‘डोरी’ चैत १५ गतेदेखि प्रदर्शनमा

    3.6K
    SHARES
    ‘डोरी’ चैत १५ गतेदेखि प्रदर्शनमा

    नेपाली चलचित्र ‘डोरी’ यही शुक्रवार, चैत १५ गतेदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आउँदै छ । प्रदर्शन मिति नजिकिँदै गर्दा, चलचित्रका अभिनेता वीरेन्द्र सिंह कुशवाहा अनौठो भेषमा काठमाडौंका विभिन्न स्थानमा देखा परेका छन् । घाँटीमा डोरीको माला लगाई, रातो सारीमा रिसाएको अनुहारसहित बजार डुलिरहेका कुशवाहालाई सर्वसाधारणले देख्दा अचम्म मानेका छन् । धेरैले उनको फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्, जसले विभिन्न चर्चाहरू जन्माएको छ ।

    चलचित्र ‘डोरी’ को प्रचार रणनीतिअन्तर्गत गरिएको यो गतिविधिले सर्वसाधारणको ध्यान आकर्षित गर्न सफल भएको छ । निर्देशक अरुण लामाले चलचित्रको कथावस्तु अनुसार चलचित्रको प्रचार दर्शकसम्म पुर्‍याउनका लागि यस्तो विधि अपनाइएको बताए । यसअघि सार्वजनिक ट्रेलरमा बिरेन्द्रलाई यही गेटअपमा देखाइएको छ, जसबाट चलचित्र निकै रोचक रहेको लख काट्न सकिन्छ ।

    ‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । चलचित्रमा अरुण आफैँले प्रमुख भूमिका निभाएका छन् भने प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मी, लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

    चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । चलचित्रको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, छायाङ्कन निर्देशक सौरभ लामा, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजक रेनीश फागो रहेका छन् ।


    बुधबार, १२ चैत्र २०८१
    सम्बन्धित समाचार
    छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३ आजदेखि सुरु भएको छ ।  चलचित्र विकास बोर्डको सहकार्य तथाआदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा बोर्डको सभाहलमा महोत्सव सुरु भएको हो । ‘आदिवासी जनजाति चलचित्रको प्रवर्द्धन, मौलिक भाषा संस्कृतिको संरक्षण’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव १९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।  महोत्सवको चलचित्र विकास बोर्डका अध्यक्ष तथा प्रमुख अतिथि दिनेशराज दाहालले मैनबत्ती बालेर उद्घाटन गरे । उद्घाटन समारोहमा विभिन्न आदिवासी जनजाति समुदायका सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।  आयोजकका अनुसार महोत्सव चलचित्र प्रदर्शनमा मात्र सीमित छैन । यसलाई आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, इतिहास, लिपि, मिथक, सामुदायिक स्मृति, भू–चेतना, लोकज्ञान र सांस्कृतिक अस्तित्वलाई दृश्य–श्रव्य माध्यमबाट पुनःस्थापित गर्ने अभियानका रूपमा लिइएको छ ।  महोत्सवको पहिलो दिन लघु चलचित्रतर्फ सागर केरुङ निर्देशित ‘तङसिङ’, निमा लामा तामाङ निर्देशित ‘ह्याङ तामाङ’ र बिपना तामाङ भुजेल निर्देशित ‘निको पहिचान’ प्रदर्शन गरिएको छ ।  महोत्सवमा नेवारी, गुरुङ, मगर, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एआई जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिनेछ ।  कथानक चलचित्रतर्फ दिनेश लिङदेन निर्देशित ‘रीत’, अमृतमान महर्जन निर्देशित ‘स्वयनगु’, जनक गुरुङ निर्देशित ‘ङोल्स्यो रामरानी’ र अशोक आले मगर निर्देशित ‘दिलसरा’ प्रदर्शन हुनेछन् ।  यस्तै लघु चलचित्रतर्फ हुतबहादुर तामाङ निर्देशित ‘दुखला ग्यम’, परशुराम चौधरी निर्देशित ‘जाइछै सौसरा’ र विशाल रोक्का मगर निर्देशित ‘लाहुरेनी’ समावेश छन् ।  वृत्तचित्रतर्फ अनिल मगर निर्देशित ‘आग्रे’, होमकुमारी माझी निर्देशित ‘लदि पूजा’ तथा अरविन्द विश्वास निर्देशित एआई जेनेरेटेड वृत्तचित्र ‘बिराटनगरके प्राचीन राजवंशी’ प्रदर्शन गरिनेछ ।  महोत्सवमा उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट वृत्तचित्र र कथानक चलचित्रतर्फ उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट स्क्रिप्ट, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट छायांकन, प्रोत्साहन पुरस्कार तथा जुरी अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
    ताजा अपडेट
    Go