logo

२०८३ बैशाख ३ बिहिबार

logo
  • बिहिबार, ३ बैशाख २०८३
  • ‘अभिमन्यु : च्याप्टर १’ लाई दर्शकले राम्रो रिभ्यू

    ‘अभिमन्यु : च्याप्टर १’ लाई दर्शकले राम्रो रिभ्यू

    • kollywood_khabar
    • शुक्रबार, २० मंसिर २०८२
    520
    SHARES
    ‘अभिमन्यु : च्याप्टर १’ लाई दर्शकले राम्रो रिभ्यू

    चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ लाई दर्शकले राम्रो रिभ्यू दिएका छन् । बिहीबारबाट रिलिज भएको चलचित्र नेपाली समाजको ऐना भएको रिभ्यू दर्शकले दिइरहेका छन् ।

    तराई मधेसमा रहेको दाइजो प्रथा र त्यसले सिर्जना गर्ने भयावह अवस्था चलचित्रले देखाउनु सकारात्मक पक्ष भएको दर्शकको प्रतिक्रिया छ । दाइजो प्रथाले सिर्जना गरिरहेको भयावह अवस्थासँगै नेपाली समाज कथातर्फ अगाडि बढिरहेको त्यसलाई देखाउँदा चलचित्र दर्शनीय बनेको दर्शकले बताएका छन् ।

    “चलचित्रको नायिका विस्तारै विस्तारै जसरी अगाडि बढेको देखाइएको छ, त्यो पछिल्लो समयको नेपाली समाज हो,” चलचित्र हेर्न हलमा पुगेका दर्शकले भनेका छन्, “महिला पनि अहिलेको समाजमा त्यो बाटोमा हिँड्न थालेका छन् । यसले हाम्रै समाजको र हामीले नै देखिरहेको कथा देखाउँदा रिलेट भएको महसुस भयो ।”

    चलचित्रले ‘मुटुमै हान्यो’ भन्दै आफ्ना साथीभाइ र आफन्तलाई पनि चाँडै ‘अभिमन्यु’ देखाउने दर्शकले बताएका छन् । ‘अभिमन्यु’ सबैलाई हेर्न पनि सिनेमा हेरेका दर्शकले आग्रह गरेका छन् । “सबैले हेर्नु होला । हाम्रै समाजको कथा छ । हामीले रिलेट गर्ने कथा छ,” दर्शकले भने, “कतिले आफैँसँग रिलेट पनि गर्नु हुनेछ ।”

    बिहीबारबाट प्रदर्शनमा आएको ‘अभिमन्यु : च्याप्टर १’मा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन् । किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी गिरी, प्रकाश दाहाल, शिशिर बाङदेललगायत कलाकारको अभिनय छ । अतिथि भूमिकामा रेखा थापा पनि रहेकी छन् ।

    सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ ।

    ‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् ।

    शरद महतो डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरे सम्पादक रहेका छन् ।


    शुक्रबार, २० मंसिर २०८२
    सम्बन्धित समाचार
    Go