logo

२०८३ बैशाख १० बिहिबार

logo
  • बिहिबार, १० बैशाख २०८३
  • चलचित्र सेन्सर प्रणाली सुधारमा मन्त्रालय र चलचित्रकर्मीबीच छलफल सम्पन्न

    चलचित्र सेन्सर प्रणाली सुधारमा मन्त्रालय र चलचित्रकर्मीबीच छलफल सम्पन्न

    533
    SHARES
    चलचित्र सेन्सर प्रणाली सुधारमा मन्त्रालय र चलचित्रकर्मीबीच  छलफल सम्पन्न

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा चलचित्र सेन्सर बोर्डको कार्यविधि, समस्या र समाधानका उपायहरू विषयक एक महत्वपूर्ण छलफल कार्यक्रम आईतवार सञ्चार मन्त्रलयमा सफलतापूर्वक सम्पन्न भएको छ।
    कार्यक्रममा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल, सचिव राधिका अर्यालतथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सी.को विशेष उपस्थिति रहेको थियो।
    छलफल कार्यक्रममा चलचित्र क्षेत्रका विविध विधा प्रतिनिधित्व गर्ने चलचित्रकर्मीहरूको उल्लेखनीय सहभागिता रह्यो। कार्यक्रममा
    दीपकराज गिरी (लेखक), प्रकाश सुवेदी (पत्रकार), सुवास काफ्ले (व्यवस्थापक), कृषा चौलागाई (निर्देशक/निर्माता), सरोज न्यौपाने (निर्माता), विकास सुवेदी (लेखक), करण श्रेष्ठ (वितरक/निर्माता), दीपक प्रसाद आचार्य (निर्देशक), क्षितिज सुवेदी (व्यवस्थापक/निर्माता), रत्न श्रेष्ठ (वितरक), राज बहादुर साने (निर्देशक/निर्माता), पुरुषोत्तम प्रधान (निर्माता/प्राविधिक), सागर लामिछाने (निर्देशक), राज श्रेष्ठ (विदेशी चलचित्र वितरक), शिवम अधिकारी (लेखक), जनक खड्का (निर्देशक) लगायत सहभागि भएका थिए ।
    यसैगरी चलचित्र सेन्सर बोर्डका प्रमुख उदय राना मगर, चलचित्र विकास बोर्डका सदस्य सचिव राजेश कुमार थापा, तथा बोर्ड सदस्यहरू लोकनाथ सुवेदी र ममता बास्तोलाको पनि सहभागिता रहेको थियो।
    छलफलका क्रममा चलचित्र सेन्सर प्रक्रियामा देखिएका व्यवहारिक चुनौतीहरू, स्पष्ट र पारदर्शी कार्यविधिको आवश्यकता, साथै चलचित्रमैत्री समाधानका उपायहरूबारे गहन र रचनात्मक विचार–विमर्श गरिएको थियो।
    कार्यक्रमबाट प्राप्त भएका सुझावहरूलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत नीतिगत सुधारका लागि अध्ययन गरी आवश्यक कार्यविधि संशोधन गर्ने तथा ऐनमा समावेश गर्नुपर्ने विषयहरूलाई राष्ट्रिय सभामा सुझावका रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
    यस पहलले चलचित्र सेन्सर प्रणालीलाई समयानुकूल, सहज र चलचित्रमैत्री बनाउँदै नेपाली चलचित्र उद्योगको दिगो विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।


    सोमबार, २३ मंसिर २०८२
    सम्बन्धित समाचार
    Go