logo

२०८३ बैशाख १७ बिहिबार

logo
  • बिहिबार, १७ बैशाख २०८३
  • ‘राम नाम सत्य’को ट्रेलर सार्वजनिक

    ‘राम नाम सत्य’को ट्रेलर सार्वजनिक

    • kollywood_khabar
    • शुक्रबार, २० चैत्र २०८२
    234
    SHARES
    ‘राम नाम सत्य’को ट्रेलर सार्वजनिक

    नयाँ वष अवसर पारेर आगामीि चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘राम नाम सत्य’को ट्रेलर सार्वजनिक गरिएको छ । गत बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच निर्माण पक्षले एक्सनप्रधान ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको ३ मिनेटभन्दा लामो ट्रेलरमा अन्यायविरुद्ध लड्ने पात्रको प्रेम, बदला र भावनात्मक उतारचढावलाई देखाइएको छ । ट्रेलरमा अभिनेता विराज भट्ट हाबी देखिएका छन् । पश्चिमेली लवजमा प्रस्तुत भएका उनी श्रीमती (सुपुष्पा भट्ट)को हत्याको बदला लिन भिलेनहरूसँग लडिरहेका देखिन्छन् । ट्रेलरमा उनको हिंसक अवतारसँगै भावनात्मक पक्ष पनि देखाइएको छ । विराज र सुशील श्रेष्ठबीचको टकरावको दृश्यले ट्रेलरलाई अझ प्रभावशाली बनाएको छ । फिल्मले सुन, पैसा र जनावरको अवैध चोरी निकासीलाई मुख्य विषयवस्तु बनाइएको छ । विराजको छोरीको भूमिकामा दिव्या रायमाझी देखिएकी छन्, जसको सुशीलसँग प्रेम रहेको देखाइएको छ । स्व. सुनिल थापा भिलेनको भूमिकामा प्रस्तुत भएका छन् । ट्रेलरले एक्सनप्रति रुचि राख्ने दर्शकलाई आकर्षित गर्ने देखिन्छ ।

    माइकल चन्दको निर्देशनमा बनेको यो फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार, खुशी कार्की, दिनेश डिसी, सुधीर श्रेष्ठ लगायतको अभिनय रहेको छ । फिल्मलाइ उपेन्द्र शाही र स्वेता बिमलीले निर्माण गरेका हुन । निर्देशक चन्द स्वयंको लेखन रहेको फिल्ममा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन, सियोन श्रेष्ठको कोरियोग्राफी, बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको संगीत तथा काला चरणको पाश्र्व संगीत रहेको छ ।


    शुक्रबार, २० चैत्र २०८२
    सम्बन्धित समाचार
    Go