logo

२०८३ साउन ५ मंगलबार

निर शाहले नयाँ फिल्म ‘प्रिन्स’ निर्देशन गर्ने

निर शाहले नयाँ फिल्म ‘प्रिन्स’ निर्देशन गर्ने

351
SHARES
निर शाहले नयाँ फिल्म ‘प्रिन्स’ निर्देशन गर्ने

नेपाली चलचित्र क्षेत्रमा लामो अनुभव बटुलेका वरिष्ठ कलाकार तथा निर्देशक निर शाहले नयाँ फिल्म ‘प्रिन्स’ निर्देशन गर्ने भएका छन्। शुक्रबार पहिलो गीतको रेकर्डिङ सम्पन्न गर्दै निर्माण टोलीले चलचित्रको औपचारिक शुभारम्भ गरेको हो।



रेड चिल्ली फिन टेक प्रालिको ब्यानरमा बन्न लागेको यस चलचित्रको पहिलो गीतमा निर शाहको शब्द, संगीतकार शम्भुजित बास्कोटाको संगीत र गायक शिव परियारको स्वर रहेको छ।

चलचित्रको कथा निर शाह र शिवम अधिकारीले संयुक्त रूपमा तयार पारेका हुन्। पटकथा तथा संवादको जिम्मेवारी शिवम अधिकारीले सम्हालेका छन् भने छायांकन सौरभ लामाले गर्नेछन्। पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसरका रूपमा आबद्ध छन्।

निर्माण टिमका अनुसार फिल्मको प्रि–प्रोडक्सन कार्य तीव्र गतिमा अघि बढिरहेको छ। कलाकार र अन्य प्राविधिक सदस्यहरूको नाम भने केही समयपछि सार्वजनिक गरिने बताइएको छ।

लामो समयपछि निर्देशनमा सक्रिय हुन लागेका निर शाहले ‘प्रिन्स’ मार्फत नयाँ विषयवस्तु र फरक शैलीको प्रस्तुति लिएर दर्शकमाझ आउने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।


शुक्रबार, १ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go