logo

२०८३ भाद्र ३१ बुधबार

तीजमा चम्कियो ‘बेहुली’, दर्शक बढेसँगै सिक्वेलको तयारी

तीजमा चम्कियो ‘बेहुली’, दर्शक बढेसँगै सिक्वेलको तयारी

  • kollywood 1
  • मंगलबार, ३० भाद्र २०८३
65
SHARES
तीजमा चम्कियो ‘बेहुली’, दर्शक बढेसँगै सिक्वेलको तयारी

हरितालिका तीजको अवसर नेपाली चलचित्र ‘बेहुली’ का लागि सुखद बनेको छ। तीजको दिन दर्शकको चाप बढेसँगै चलचित्रले देशभरका हलमा उत्साहजनक व्यापार गरेको निर्माण तथा वितरण पक्षले जनाएको छ। दर्शकको उपस्थिति बढेपछि केही हलमा चलचित्रका थप प्रदर्शनसमेत राखिएका छन्।

वितरक गोविन्द शाही का अनुसार तीजको दिन अर्थात् सोमबार मात्रै ‘बेहुली’ले करिब ७० देखि ८० लाख रुपैयाँसम्मको कुल व्यापार गरेको अनुमान गरिएको छ। देशका विभिन्न सहरमा चलचित्र हेर्न आउने दर्शकको संख्या बढेको उनको भनाइ छ।

तीजको बिदा र चाडपर्वको माहोलले चलचित्रको व्यापारमा थप सहयोग पुगेको देखिएको छ। सुरुवाती प्रदर्शनमा दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाका कारण चलचित्रप्रति चासो बढ्दै गएको निर्माण पक्षको दाबी छ।

सफल संगीतकारका रूपमा परिचित अर्जुन पोखरेल ले यही चलचित्रमार्फत निर्माताका रूपमा पनि यात्रा सुरु गरेका हुन्। चलचित्र निर्माणमा ठूलो आर्थिक जोखिम र दबाब महसुस गरे पनि दर्शकबाट प्राप्त प्रतिक्रियाले आफूलाई आगामी कामका लागि थप उत्साहित बनाएको उनले बताएका छन्।

दर्शकको उत्साहबाट प्रभावित पोखरेलले ‘बेहुली’को दोस्रो भाग निर्माण गर्ने घोषणा समेत गरेका छन्। उनका अनुसार चलचित्रको सिक्वेल २०८४ सालमा दर्शकमाझ ल्याउने तयारी छ।

‘बेहुली’मा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ र सन्तोष बानियाँ लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रले समाजभित्रका यथार्थ पक्ष, युवा पुस्ताको मनोभाव तथा परिवारसँग जोडिएका भावनात्मक विषयलाई कथाको केन्द्रमा राखेको छ।

चलचित्रको कथा माधव शर्मा ले लेखेका हुन् भने निर्देशन शशान कँडेल ले गरेका छन्। चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेल तथा निर्माता प्रताप शमशेर राणा हुन्। कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल रहेका छन् भने सह–निर्मातामा दुर्गा खरेल र शिशिर श्रेष्ठ छन्।

तीजको अवसरमा बढेको दर्शक उपस्थिति र थपिएका शोले ‘बेहुली’को प्रदर्शनलाई थप बलियो बनाएको देखिन्छ। यही उत्साह कायम रहे आगामी दिनमा चलचित्रको व्यापार अझ बढ्ने अपेक्षा निर्माण पक्षले गरेको छ।


मंगलबार, ३० भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go