logo

२०८३ कार्तिक १० सोमबार

‘बाटुलो जून’को नयाँ गीत ‘अल्लारे ठिटो आयो’ सार्वजनिक

‘बाटुलो जून’को नयाँ गीत ‘अल्लारे ठिटो आयो’ सार्वजनिक

  • kollywood_khabar
  • सोमबार, १० कार्तिक २०८३
26
SHARES
‘बाटुलो जून’को नयाँ गीत ‘अल्लारे ठिटो आयो’ सार्वजनिक

अभिनेता भुवन केसीको निर्देशनमा तयार भएको नेपाली फिल्म ‘बाटुलो जून’को नयाँ गीत ‘अल्लारे ठिटो आयो’ सार्वजनिक गरिएको छ । नृत्यप्रधान शैलीमा तयार गीतमा रुबै र प्रवीन बेडुवालको स्वर सुन्न सकिन्छ । प्रवीन नेपाल आइडल सिजन–३ का फस्ट रनरअप हुन् ।

पञ्चेबाजा, सारङ्गी, गितार र बाँसुरीका धुनले सजाइएको गीतमा रूप महानताले संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ गरेका छन् । तीन दशकअघिको नेपाली समाज र त्यतिबेलाको मेलाको झल्को दिने गरी तयार पारिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार अनमोल केसी र प्रिन्सी खतिवडा देखिएका छन् ।

भिडियोमा अनमोल र प्रिन्सीबीचको रमाइलो नोकझोंकलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ । प्रेमभाव र ठट्यौली शैलीमा अगाडि बढ्ने भिडियोमा दुवै कलाकारले ऊर्जावान नृत्य गरेका छन् । गीतको कोरियोग्राफी विक्रम स्वारले गरेका हुन् ।

आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘बाटुलो जून’मा अनमोलले भुवन केसी र प्रिन्सीले गरिमा पन्तको युवावस्थाको भूमिकामा अभिनय गरेका छन् । फिल्ममा न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर सिवाकोटी र हिना नगरकोटीलगायत कलाकारको पनि अभिनय छ ।

नेपाली समाजको २०३० र २०४० को दशकको परिवेशमा आधारित फिल्मले प्रेमकथालाई पर्दामा उतार्नेछ । फिल्मको लेखन सामिप्यराज तिमल्सेना र सरिन पोखरेलले गरेका हुन् भने छायांकन राजेश श्रेष्ठ, सम्पादन कृष्ण भण्डारी तथा संगीत युग भुसाल र एसडी योगीको रहेको छ । रोमन बज्राचार्यले फिल्ममा पार्श्व संगीत दिएका छन् ।

अभिनेत्री जीया केसी र भविष्य खड्का निर्माता रहेको फिल्ममा विवेक थापा सह–निर्माताका रूपमा छन् ।


सोमबार, १० कार्तिक २०८३
सम्बन्धित समाचार
Go