logo

२०८३ कार्तिक १० सोमबार

दसैंका तीन फिल्मको कमाइ साढे ८ करोडमाथि

दसैंका तीन फिल्मको कमाइ साढे ८ करोडमाथि

  • kollywood_khabar
  • सोमबार, १० कार्तिक २०८३
26
SHARES
दसैंका तीन फिल्मको कमाइ साढे ८ करोडमाथि

दसैंको अवसरमा प्रदर्शनमा आएका तीन नेपाली फिल्म ‘आ बाट आमा २’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’को बक्स अफिस प्रदर्शनलाई लिएर दर्शक तथा फिल्म क्षेत्रको चासो बढिरहेको थियो । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार आइतबारसम्म यी तीन फिल्मले संयुक्त रूपमा साढे ८ करोड रुपैयाँभन्दा बढी ग्रस व्यापार गरेका छन् ।

सार्वजनिक विवरणमा ‘आ बाट आमा २’ कमाइका आधारमा पहिलो स्थानमा देखिएको छ । फिल्मले १ लाख ३१ हजार ४९१ टिकट बिक्री गर्दै ४ करोड ११ लाख ४६ हजार ८४८ रुपैयाँ ग्रस कमाएको छ । दसैंमा प्रदर्शनमा आएका तीन फिल्ममध्ये यसको व्यापार सबैभन्दा बलियो देखिएको हो ।

त्यस्तै, ‘छ माया छपक्कै २’ले ८२ हजार ७५९ टिकट बिक्रीबाट २ करोड ७६ लाख ३९ हजार ६५ रुपैयाँ ग्रस कमाएको छ । यो कमाइसँगै फिल्म दोस्रो स्थानमा रहेको छ ।

एक्सन विधाको फिल्म ‘१२ गाउँ २’ भने अपेक्षाअनुसारको व्यापार गर्न संघर्षरत देखिएको छ । प्रदर्शनको १० दिनमा फिल्मले ५७ हजार ९८३ टिकट बिक्री गर्दै १ करोड ८६ लाख ९४ हजार ८८६ रुपैयाँ ग्रस कमाएको बोर्डको तथ्यांकमा उल्लेख छ ।

दुई वर्षअघि प्रदर्शनमा आएको ‘१२ गाउँ’ले पहिलो सातामै ५ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको थियो । तर, त्यसको सिक्वेलले भने १० दिनमा पनि २ करोड रुपैयाँको आँकडा पार गर्न सकेको छैन । यसले फिल्मको सिक्वेलप्रति दर्शकको आकर्षण र बक्स अफिस प्रदर्शनबारे थप चासो बढाएको छ ।

यसैबीच, बोर्डले दसैंअघि प्रदर्शनमा आएका ‘गौँथली’, ‘पेन्सन पट्टा’ र ‘बाः एक योद्धा’को कमाइ विवरण पनि सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांकअनुसार ‘गौँथली’ले २६ करोड ३ लाख १४ हजार ९० रुपैयाँ ग्रस कमाउँदै यस वर्षको सर्वाधिक कमाउने फिल्मको स्थान बनाएको छ ।

त्यस्तै, ‘पेन्सन पट्टा’ले १० करोड २३ लाख ५६ हजार १३८ रुपैयाँ र ‘बाः एक योद्धा’ले ३ करोड ५१ लाख ३९ हजार ४८ रुपैयाँ ग्रस व्यापार गरेका छन् ।


सोमबार, १० कार्तिक २०८३
सम्बन्धित समाचार
Go