logo

२०८३ मंसिर ७ आइतबार

सिन्दुरे जात्रा’को नयाँ गीत सार्वजनिक

सिन्दुरे जात्रा’को नयाँ गीत सार्वजनिक

  • kollywood_khabar
  • आइतबार, २३ कार्तिक २०८३
208
SHARES
सिन्दुरे जात्रा’को नयाँ गीत सार्वजनिक

चलचित्र ‘सिन्दुरे जात्रा’ले प्रचारप्रसारलाई तीव्रता दिने क्रममा नयाँ गीत सार्वजनिक गरेको छ । निर्माण टिमले प्रशान्त सिवाकोटी र मेलिना राईको स्वरमा रहेको ‘बाँसैको सुप्लाखे’ बोलको गीत दर्शकमाझ ल्याएको हो ।

प्रेमिल भावनाले भरिएको गीतमा सुरज गैरे विवशको शब्द तथा प्रशान्त सिवाकोटीकै संगीत रहेको छ । प्रेममा रहेका युवा–युवतीबीचको आकर्षण, लजालुपन, इसारा र एकअर्काप्रतिको विश्वासलाई गीतले रोचक ढंगले प्रस्तुत गरेको छ । मनभित्रका भावना खुलेर व्यक्त गर्न नसक्ने प्रेमी जोडीले आँखाको भाषा र साङ्केतिक अभिव्यक्तिमार्फत प्रेम साटेको भाव गीतमा सुन्न सकिन्छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विजय बराल र अञ्जना बराइली फिचर्ड छन् । रोमान्टिक शैलीमा प्रस्तुत गरिएको भिडियोमा दुवै कलाकारको आकर्षक नृत्य देख्न सकिन्छ । विशेषगरी विजय र अञ्जनाको जोडीले भिडियोमा प्रेमिल माहोल सिर्जना गरेको छ ।

सरोज पौडेलको निर्देशनमा तयार भएको ‘सिन्दुरे जात्रा’मा विजय र अञ्जना दोस्रोपटक एकसाथ देखिन लागेका हुन् । यसअघि यी दुई कलाकारले बक्सअफिसमा ऐतिहासिक सफलता हासिल गरेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा सहकार्य गरेका थिए । उक्त चलचित्रको सफलतापछि पुनः पर्दामा देखिन लागेको यो जोडीलाई दर्शकले कसरी लिन्छन् भन्ने चासो पनि उत्तिकै छ ।

चलचित्रमा विजय र अञ्जनाका अतिरिक्त विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय रहेको छ ।

निर्देशक पौडेलकै कथामा आधारित चलचित्रको पटकथा तथा संवाद सबिन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका हुन् । सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन् । राकेश खड्का र श्याम मगर सह–निर्माता तथा सुमन रञ्जित र अनिश अधिकारी क्रमशः एसोसिएट र लाइन निर्माता रहेका छन् ।

दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रको छायांकन पदमबहादुर श्रेष्ठ (बाबु)ले गरेका छन् । सुरेन्द्र पौडेल सम्पादन र विशाल घिमिरे क्रिएटिभ निर्देशकका रूपमा छन् । चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।

आगामी मंसिर १८ गते प्रदर्शनमा आउने ‘सिन्दुरे जात्रा’को वितरण नेसनल सिने ग्रुप नेपालले गर्नेछ । बिग मुभिज थिएटर पार्टनर र ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा जोडिएका छन् ।


आइतबार, २३ कार्तिक २०८३
सम्बन्धित समाचार
Go