logo

२०८३ मंसिर ७ आइतबार

‘सेतो कोट’ निर्माण हुने

‘सेतो कोट’ निर्माण हुने

39
SHARES
‘सेतो कोट’ निर्माण हुने

अभिनेत्री पूजा शर्मा र गायक तथा अभिनेता अशोक दर्जीलाई मुख्य भूमिकामा प्रस्तुत गर्दै नयाँ चलचित्र ‘सेतो कोट’ निर्माण हुने भएको छ। शुक्रबार बिहान कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा शुभमुहूर्त सम्पन्न गरेसँगै नयाँ बानेश्वरको अर्याल होटलमा आयोजित कार्यक्रममार्फत निर्माण पक्षले फिल्मको औपचारिक घोषणा गरेको हो। चलचित्रको छायांकन आगामी मंसिर ९ गतेदेखि सुरु गरिने जनाइएको छ।

शिवम् अधिकारीको लेखन तथा निर्देशन रहने फिल्ममा पूजा र अशोकका अतिरिक्त वरिष्ठ अभिनेता नीर शाह, समी दाहाल, पवन खतिवडा, विष्णु सापकोटा, सुशान्त कुमार श्रेष्ठ, साम्राज्ञी थापा, सम्मान थापा र रामेश्वर रिजाललगायत कलाकारको अभिनय रहनेछ।

टिकटकमा ‘माइली बुहारी’को नामले लोकप्रियता कमाएकी समी दाहालले यही चलचित्रमार्फत ठूलो पर्दामा डेब्यू गर्दैछिन्। यससँगै ‘सेतो कोट’ उनको पहिलो फिल्म बन्नेछ।

मिनु शर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रमा मिनु शर्मा ‘सपना’ र सन्देश थापा ‘काजी’ निर्माता रहेका छन्। अशोक दर्जीलाई मुख्य भूमिकामा लिएर यसअघि ‘मन बिनाको धन’ निर्माण गरिसकेकी मिनुको यो दोस्रो फिल्म हो।

फिल्ममा फणीन्द्र तामाङ कार्यकारी निर्माता छन्। सौरभ लामाले छायांकनको जिम्मेवारी सम्हाल्नेछन् भने सम्पादन बन्दे प्रसाद र संगीत स्टिभ शंकरको रहनेछ।

निर्देशक शिवम् अधिकारीका अनुसार ‘सेतो कोट’मा नेपाली चलचित्रमा तुलनात्मक रूपमा कमै उठाइने विषयलाई मनोरञ्जन र कलात्मक प्रस्तुतिमार्फत दर्शकमाझ ल्याउने प्रयास गरिएको छ। सामाजिक यथार्थ, मौलिक कथा र मानवीय संवेदनालाई फिल्मको प्रमुख आधार बनाइएको उनको भनाइ छ। चलचित्रले दर्शकलाई समाजलाई हेर्ने नयाँ दृष्टिकोण प्रदान गर्ने अपेक्षा पनि निर्देशकले व्यक्त गरेका छन्।


आइतबार, ७ मंसिर २०८३
सम्बन्धित समाचार
Go