logo

२०८१ माघ ८ मंगलबार

logo
  • मंगलबार, ८ माघ २०८१
  • ‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक

    ‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक

    • E24 Nepal
    • बिहिबार, १० साउन २०८१
    507
    SHARES
    ‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक

    आगामी साउन २५ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको तीन मिनेटको ट्रेलरमा दशकौंअघि गाउँ(गाउँमा पुगेर सुन बनाउने सुनार जातिको कथासँगै प्रेममा जातीय र वर्गीय विभेदले निम्त्याएको घटनालाई देखाइएको छ ।



    अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटाबीच बाल्यकालदेखि प्रेम बसेको छ । तर, गौरव सुन बनाउने सुनारका छोरा हुन् । आर्थिक हैसियत पनि राम्रो छैन । नम्रता भने सम्भ्रान्त र कथित माथिल्लो जातकी हुन् । बाल्यकालमा छुटिएका उनीहरु जब ठूलो भएपछि भेटिन्छन्, त्यसपछि उत्पन्न परिस्थितिलाइ ट्रेलरमा देखाइएको छ । फिल्ममा अभिनेता सरोज खनाल मुखियाको भूमिकामा देखिएका छन् ।

    राजु गिरीले निर्देशन गरेको यो फिल्ममा गौरव, नम्रता र सरोजको अलावा राजाराम पौडेल, राजेन्द्र खड्गी, सविन बाँस्तोला, बुद्धि तामाङ, विनोद न्यौपाने, नारायण खाती, किरण नेपाली, गीता अधिकारी,आदिको पनि अभिनय रहेको छ । सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गरेको यो फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व र गौतमराज खड्काको सम्पादन रहेको छ ।


    बिहिबार, १० साउन २०८१
    सम्बन्धित समाचार
    Go