logo

२०८३ जेष्ठ २४ आइतबार

logo
  • आइतबार, २४ जेष्ठ २०८३
  • चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

    चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

    39
    SHARES
    चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

    चलचित्र विकास शुल्कलाई थप पारदर्शी, व्यवस्थित र अभिलेखीकरणमुखी बनाउने उद्देश्यसहित चलचित्र विकास बोर्डले विराटनगरमा चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

    २०८३ जेठ २३ गते शनिबार आयोजित कार्यक्रममा मोरङ, सुनसरी, झापा, सिराहा, सप्तरीको राजविराज, उदयपुर, पाँचथर र धनकुटाका चलचित्रघरका प्रतिनिधिहरू सहभागी थिए। मधेस प्रदेश र कोशी प्रदेशअन्तर्गतका करिब ३६ चलचित्रघरका प्रतिनिधिको सहभागिता रहेको बोर्डले जनाएको छ।

    तालिममा चलचित्र विकास शुल्कसम्बन्धी विद्यमान ऐन–कानुन, शुल्क कार्यान्वयनको अवस्था, नियमन प्रणाली तथा चलचित्र विकास शुल्क पोर्टलको सैद्धान्तिक र व्यवहारिक प्रयोगबारे अभिमुखीकरण गरिएको थियो।

    बोर्डका अनुसार यसअघि कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, बागमती प्रदेश तथा काठमाडौं उपत्यकाका चलचित्रघरहरूमा पनि यस्तो तालिम सफलतापूर्वक सम्पन्न भइसकेको छ। बाँकी रहेका चलचित्रघरहरूलाई पनि चालु आर्थिक वर्षभित्रै तालिम प्रदान गरिने बोर्डले जनाएको छ।

    चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सवको अवसरमा यस वर्षलाई ‘दक्षता अभिवृद्धि वर्ष’ का रूपमा मनाउँदै बोर्डले चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न तालिम, अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।


    आइतबार, २४ जेष्ठ २०८३
    सम्बन्धित समाचार
    Go