logo

२०८३ भाद्र १९ शुक्रबार

‘बाः एक योद्धा’ले नयाँ कलाकार रिबिल

‘बाः एक योद्धा’ले नयाँ कलाकार रिबिल

624
SHARES
‘बाः एक योद्धा’ले नयाँ कलाकार रिबिल

चलचित्र ‘बाः एक योद्धा’ले नयाँ कलाकार रिबिल गरेको छ । पब्लिसिटी स्टाटेजी अन्तर्गत छायांकन सकेर पोस्ट प्रोडक्सनको चरणमा रहेको चलचित्रले नयाँ कलाकारको नाम सार्वजनिक गरेको हो ।

सागर खनाल, शिशिर सिवाकोटी, सुप्रिया शर्मा र शवि थापाको नाम निर्माण टिमले आज सार्वजनिक गरेको छ । छायांकन सकेर पोस्टको काम समेत सुरु भइसक्दा पनि यी कलाकारलाई निर्माण टिमले गोप्य राखेको थियो ।

‘बाः एक योद्धा’मा यी बाहेक मुख्य भूमिकामा अभिनेत्री झरना थापा, सुहाना थापा र अभिनेता दिव्यदेव पन्त छन् । यी कलाकारको नाम भने यसअघि नै सार्वजनिक भइसकेको थियो । कलाकारको यो लाइनअपले सिनेमा बलियो बनेको अनुमान गर्न सकिन्छ ।

सागर खनाल चलचित्र ‘११ः५५ तथा शिशिर सिवाकोटी ‘बेहुली फ्रम मेघौली’ र ‘सानो संसार’बाट तारिफ बटुलेका अभिनेता हुन् ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गतेबाट प्रदर्शनमा आउँदैछ । ‘बाः एक योद्धा’ कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो । सिनेमाको कथासँग रिलिज डेट म्याच गराउँदै यो सिनेमा कुशे औंसीमा प्रदर्शनमा आउन लागेको हो ।

नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायक पनि हुन् । फिचर फिल्ममा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।

चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । गायक तथा सर्जकसमेत रहेका लम्सालले यसअघि अभिनेता विपीन कार्कीलाई लिएर चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए ।

‘बाः एक योद्धा’ले नेपाली समाजको वास्तविक पक्षलाई उजागर गर्नेछ । नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा : एक योद्धा’को मुख्य कथा हो ।

शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । ‘बा : एक योद्धा’ आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।


बिहिबार, २१ जेष्ठ २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go