logo

२०८१ माघ ९ बुधबार

logo
  • बुधबार, ९ माघ २०८१
  • ‘पूर्ण बहादुरको सारङ्गी’को प्रदर्शन

    ‘पूर्ण बहादुरको सारङ्गी’को प्रदर्शन

    • kollywood_khabar
    • बिहिबार, १५ कार्तिक २०८१
    1K
    SHARES
    ‘पूर्ण बहादुरको सारङ्गी’को  प्रदर्शन

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को कार्तिक १५ लक्ष्मीपुजाको दिनबाट प्रदर्शन आएको छ। सारङ्गी बजाएर जीविकोपार्जन गर्ने गन्धर्व परिवारको जीवनलाई ट्रेलरले समेटेको छ। बाबु र छोराबीचको सम्बन्धलाई आधार बनाएर फिल्मले जीवनयापन लागि गन्धर्व समुदायले गर्ने संघर्ष र उनिहरुले सामाजिक रुपमा भोग्ने गरेको विभेदको कथा फिल्मले उठाएको छ । अभिनेता विजय बरालले निभाएको पूर्णबहादुर पात्रलाई मुख्य रुपमा कथाको आधार बनाएको छ जसले छोरालाई शिक्षित बनाउने सपना देखेको छ । पूर्णबहादुरको छोराको भूमिकामा अभिनेता प्रकाश सपूत छन् ।विजयको अभिनय मर्मस्पर्शी लाग्छ जहाँ उनलाई जवान र वृद्ध गरी दुई रुपमा देख्न सकिन्छ । सरोज पौडेलको कथा तथा निर्देशनमा बनेको फिल्ममा विजय र प्रकाशसहित अन्जना बराइली, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह लगायतको अभिनय छ।
    फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । सेभेन सिस सिनेमा र बाँसुरी फिल्मस्को प्रस्तुति रहेको फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्मातामा छन ।् फिल्मको यो भन्दा अघी सार्वजनिक प्रचार सामाग्री तीन वटा गीत गीत ’कान्धेकुरी’,’मैझरो’ र ’दाहिने हातैमा’ ले दर्शकको राम्रो प्रतिकृया पाइरहेका छन । फिल्म टिजरले पनि दर्शकमाझ फिल्मबारे कौतुहल्ता जगाएको थियो । फिल्मलाई दर्शकले कुन रुपमा साथ दिने हुन त्यो आगामी दिनहरुले बताउने छ ।




    बिहिबार, १५ कार्तिक २०८१
    सम्बन्धित समाचार
    Go