logo

२०८२ माघ ११ शनिबार

logo
  • शनिबार, ११ माघ २०८२
  • ‘केटी हराएको सूचना’ रिलिज स्थगित

    ‘केटी हराएको सूचना’ रिलिज स्थगित

    • kollywood_khabar
    • आइतबार, २५ कार्तिक २०८१
    1.7K
    SHARES
    ‘केटी हराएको सूचना’ रिलिज स्थगित

    यही कात्तिक ३० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै गीतदेखि ट्रेलरसम्म सार्वजनिक भइसकेको फिल्म ‘केटी हराएको सूचना’ अब पूर्वनिर्धारित मितिबाट पछी सरेको छ। शुक्रबार निर्माण कम्पनी ट्राई सिटी पिक्चर्सले एक विज्ञप्ति जारी गर्दै फिल्मको प्रदर्शन स्थगित गरिएको जनाएको छ । लक्ष्मीपूजाबाट आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले आक्रमक व्यापार गरेपछि ‘केटी हराएको सूचना’ले रिलिज स्थगित गरिएको हो ।
    विज्ञप्तिमा भनिएको छ, ‘जुन प्रकारले ‘पूर्ण बहादुरको सारङ्गी’ले दर्शकको साथ पाएको छ, यो अवस्थामा नयाँ चलचित्र आउँदा चलचित्र घरहरुले नयाँ चलचित्रलाई समेत शो बाँडफाँट गर्नुपर्ने अवस्थाको सृजना हुने हुँदा दर्शकको साथ प्राप्त चलचित्र समेतलाई असर पर्ने सम्भावना रहने भएकोले इतिहास कायम गर्ने बाटोमा रहेको चलचित्रलाई सहज बनाइदिनु हाम्रो दायित्व हो भन्ने मान्यता कायम राख्दै ‘केटी हराएको सूचना’को प्रदर्शन हाललाई स्थगित गरिएको जानकारी गराउन चाहन्छौं ।’
    ‘पूर्ण बहादुरको सारङ्गी’ले बक्स अफिसमा उछाल कायम गरिरहेको र सोही मितिमा अर्को व्यापक चर्चामा रहेको फिल्म फिल्म ‘ह्रस्व दीर्घ’ आउने भएपछी ‘केटी हराएको सूचना’ले कम शो पाउने सम्भावना थियो । सोही कारणले गर्दा निर्माताले रिलिज रोक्नु नै उत्तम विकल्प देखेका हुन् । अब कात्तिक ३० गते फिल्म ‘ह्रस्व दीर्घ’ एकल प्रदर्शन हुनेछ ।
    दीपेन्द्र गौचनको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको ‘केटी हराएको सूचना’मा नाजिर हुसेन, सृष्टि श्रेष्ठ सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, अर्जुन पोखरेल लगायतको अभिनय छ भने अमितेष शाह विशेष भूमिका छन् । नकिम उद्दिन फिल्मका कार्यकारी निर्माता हुन् ।


    आइतबार, २५ कार्तिक २०८१
    सम्बन्धित समाचार
    Go