logo

२०८३ बैशाख १४ सोमबार

logo
  • सोमबार, १४ बैशाख २०८३
  • चलचित्रका लागि डल्बी एटमस साउन्ड मिक्सिङ सम्बन्धी विशेष तालिम सम्पन्न

    चलचित्रका लागि डल्बी एटमस साउन्ड मिक्सिङ सम्बन्धी विशेष तालिम सम्पन्न

    403
    SHARES
    चलचित्रका लागि डल्बी एटमस साउन्ड मिक्सिङ सम्बन्धी विशेष तालिम सम्पन्न

    चलचित्र विकास बोर्डको सक्रिय सहयोग तथा सहकार्य, म्युजिक नेपाल अडियो भिजुअलको आयोजना र अडियो भिजुअल सोसाइटी अफ नेपाल (AVSN) को सह–आयोजनामा सञ्चालन गरिएको चलचित्रका लागि डल्बी एटमस साउन्ड मिक्सिङ सम्बन्धी विशेष तालिम सम्पन्न भएको छ। प्रशिक्षित प्रविधिकहरुलाई चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसी र म्युजिक नेपाल का अध्यक्ष सन्तोष शर्माद्वारा प्रमाणपत्र प्रदान गरिएको थियो ।

    डल्बी (Dolby) बाट प्रमाणित म्युजिक नेपाल अडियो भिजुअलको सगरमाथा एटमस मिक्स स्टेज मा आयोजित उक्त तालिम सञ्चालनका लागि भारतीय चलचित्र उद्योगका चर्चित तथा डल्बीबाट सर्टिफाइड साउन्ड इन्जिनियर भरत रेड्डी र दामन सुद नेपाल आएका हुन्।

    तालिममा नेपालका करिब तीन दर्जन व्यावसायिक साउन्ड मिक्सिङ गर्ने ध्वनि प्राविधिकहरू सहभागी भई प्रशिक्षित भएका छन्। तालिमले नेपाली चलचित्रको ध्वनि गुणस्तरलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार उकास्न महत्वपूर्ण योगदान दिने विश्वास लिइएको छ।

    यसैबीच, सगरमाथा एटमस मिक्स स्टेज को औपचारिक शुभारम्भ आज माघ २ गते शुक्रबार अपरान्ह हुने जनाइएको छ। दक्षिण एसियामा सीमित संख्यामा मात्र रहेका डल्बी एटमस स्टुडियोमध्ये यो नेपालकै पहिलो स्टुडियो हो।

    स्टुडियो सञ्चालनमा आएपछि नेपाली चलचित्रमा विश्वस्तरीय साउन्ड डिजाइन तथा मिक्सिङ सम्भव हुने र दर्शकले हलमै उच्चस्तरीय ध्वनि अनुभव गर्न सक्ने अपेक्षा गरिएको छ।


    शुक्रबार, ३ माघ २०८२
    सम्बन्धित समाचार
    Go