logo

२०८३ साउन १० आइतबार

डकु–ड्रामा ‘हामी छौं’को पहिलो सिजनको गीत सार्वजनिक

डकु–ड्रामा ‘हामी छौं’को पहिलो सिजनको गीत सार्वजनिक

  • E24 Nepal
  • मंगलबार, २६ असार २०८१
3K
SHARES
डकु–ड्रामा ‘हामी छौं’को पहिलो सिजनको गीत सार्वजनिक

सलोन सलिना फिल्सस्को प्रस्तुतिमा सोभित वस्तेतले निर्माण गरेकोे डकु–ड्रामा ‘हामी छौं’को पहिलो सिजनको गीत सार्वजनिक भएको छ । सार्वजनिक भएको यो नजिकको कुरा बोलको गीतमा प्रताप दास र रचना रिमालको स्वर रहेको छ भने आनन्द अधिकारीको शब्द र शम्भुजीत बासकोटाको संगीत छ । भिडियोमा प्रमुख कलाकार सलिना बस्नेत र आर्यन पौडेल फिचर्ड छन् ।
यात्राको थिममा खिचिएको गीतको भिडियोमा सलिना र आर्यनलाई रोमान्टिक भावसँगै ग्रामीण जनजीवनलाई देखाइएको छ ।
रामजी राउतले निर्देशन गरेको यो डकु–ड्रामा आगामी दशैंमा ओटिटी प्लेटफर्मबाट रिलिज हुनेछ । डकु–ड्रामा ७ एपिसोडको हुनेछ । सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिकामा अभिनय रहेको डकु–ड्रामामा उमा कार्की, सुमिन गुरुङ, सुसान्त कुमार श्रेष्ठ, युना खड्का, लगायतको अभिनय रहको छ । डकु–ड्रामा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन,शम्भुजीत बासकोटाको संगीत, सुशील देवकोटाको लेखन रहेको छ ।




मंगलबार, २६ असार २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go