सलोन सलिना फिल्सस्को प्रस्तुतिमा सोभित वस्तेतले निर्माण गरेकोे डकु–ड्रामा ‘हामी छौं’को पहिलो सिजनको गीत सार्वजनिक भएको छ । सार्वजनिक भएको यो नजिकको कुरा बोलको गीतमा प्रताप दास र रचना रिमालको स्वर रहेको छ भने आनन्द अधिकारीको शब्द र शम्भुजीत बासकोटाको संगीत छ । भिडियोमा प्रमुख कलाकार सलिना बस्नेत र आर्यन पौडेल फिचर्ड छन् ।
यात्राको थिममा खिचिएको गीतको भिडियोमा सलिना र आर्यनलाई रोमान्टिक भावसँगै ग्रामीण जनजीवनलाई देखाइएको छ ।
रामजी राउतले निर्देशन गरेको यो डकु–ड्रामा आगामी दशैंमा ओटिटी प्लेटफर्मबाट रिलिज हुनेछ । डकु–ड्रामा ७ एपिसोडको हुनेछ । सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिकामा अभिनय रहेको डकु–ड्रामामा उमा कार्की, सुमिन गुरुङ, सुसान्त कुमार श्रेष्ठ, युना खड्का, लगायतको अभिनय रहको छ । डकु–ड्रामा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन,शम्भुजीत बासकोटाको संगीत, सुशील देवकोटाको लेखन रहेको छ ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd