logo

२०८३ असोज १ बिहिबार

‘झिङ्गेदाउ २’को प्रिमियर,चलचित्रले सकारात्मकलाई प्रतिक्रिया,

‘झिङ्गेदाउ २’को प्रिमियर,चलचित्रले सकारात्मकलाई प्रतिक्रिया,

13
SHARES
‘झिङ्गेदाउ २’को प्रिमियर,चलचित्रले सकारात्मकलाई प्रतिक्रिया,

नेपाली कथानक चलचित्र ‘झिङ्गेदाउ २’को बुधबार साँझ ललितपुरस्थित क्यूएफएक्स हलमा प्रिमियर गरिएको छ । प्रिमियरमा चलचित्रका कलाकार तथा प्राविधिक टोलीसँगै विभिन्न अतिथि फिल्मकर्मीको उपस्थिति थियो ।

चलचित्र हेरेपछि अधिकांश अतिथिले मनोरञ्जनसँगै पारिवारिक सम्बन्ध, आमा–बुबाको महत्त्व र परिवारभित्रको एकतालाई कथाले प्रभावकारी ढंगले प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन् । निर्देशक ज्ञानेन्द्र देउजाका अनुसार प्रिमियरपछि चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ ।

प्रिमियरबाट प्राप्त प्रतिक्रियालाई लिएर निर्देशक देउजा पनि उत्साहित देखिए । उनले चलचित्र निर्माणका क्रममा आफ्नो तर्फबाट सक्दो मेहनत गरेको भए पनि आफ्नै कामको वास्तविक मूल्याङ्कन आफैँले गर्न नसक्ने बताए । उनका अनुसार चलचित्रको सही मूल्याङ्कन दर्शकको प्रतिक्रियाबाटै हुनेछ ।

देउजाले प्रिमियरको प्रतिक्रियाले उत्साहित बनाएको उल्लेख गर्दै कलाकार तथा प्राविधिक टोलीको मेहनतको पनि प्रशंसा गरे । उनका अनुसार आँचल शर्मा र केकी अधिकारीले निर्वाह गरेका पात्र कथाको आवश्यकताअनुसार चयन गरिएका थिए ।

‘झिङ्गेदाउ २’मा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल र चैत्यदेवी सिंहलगायत कलाकारको अभिनय छ ।

कपनगढी सिनेमा प्रालि र फिल्म क्रू नेपाल प्रालिको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र पारिवारिक तथा सामाजिक कथामा आधारित छ ।

सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको चलचित्रमा रोशी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माताका रूपमा छन् । चलचित्रको पहिलो भागले व्यावसायिक सफलता हासिल गरेको थियो ।

‘झिङ्गेदाउ २’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ । चलचित्रको एड्भान्स बुकिङसमेत खुलिसकेको छ ।


बिहिबार, १ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go