logo

२०८३ असोज ३० शुक्रबार

‘झिङ्गेदाउ २’को प्रिमियर,चलचित्रले सकारात्मकलाई प्रतिक्रिया,

‘झिङ्गेदाउ २’को प्रिमियर,चलचित्रले सकारात्मकलाई प्रतिक्रिया,

429
SHARES
‘झिङ्गेदाउ २’को प्रिमियर,चलचित्रले सकारात्मकलाई प्रतिक्रिया,

नेपाली कथानक चलचित्र ‘झिङ्गेदाउ २’को बुधबार साँझ ललितपुरस्थित क्यूएफएक्स हलमा प्रिमियर गरिएको छ । प्रिमियरमा चलचित्रका कलाकार तथा प्राविधिक टोलीसँगै विभिन्न अतिथि फिल्मकर्मीको उपस्थिति थियो ।

चलचित्र हेरेपछि अधिकांश अतिथिले मनोरञ्जनसँगै पारिवारिक सम्बन्ध, आमा–बुबाको महत्त्व र परिवारभित्रको एकतालाई कथाले प्रभावकारी ढंगले प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन् । निर्देशक ज्ञानेन्द्र देउजाका अनुसार प्रिमियरपछि चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ ।

प्रिमियरबाट प्राप्त प्रतिक्रियालाई लिएर निर्देशक देउजा पनि उत्साहित देखिए । उनले चलचित्र निर्माणका क्रममा आफ्नो तर्फबाट सक्दो मेहनत गरेको भए पनि आफ्नै कामको वास्तविक मूल्याङ्कन आफैँले गर्न नसक्ने बताए । उनका अनुसार चलचित्रको सही मूल्याङ्कन दर्शकको प्रतिक्रियाबाटै हुनेछ ।

देउजाले प्रिमियरको प्रतिक्रियाले उत्साहित बनाएको उल्लेख गर्दै कलाकार तथा प्राविधिक टोलीको मेहनतको पनि प्रशंसा गरे । उनका अनुसार आँचल शर्मा र केकी अधिकारीले निर्वाह गरेका पात्र कथाको आवश्यकताअनुसार चयन गरिएका थिए ।

‘झिङ्गेदाउ २’मा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल र चैत्यदेवी सिंहलगायत कलाकारको अभिनय छ ।

कपनगढी सिनेमा प्रालि र फिल्म क्रू नेपाल प्रालिको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र पारिवारिक तथा सामाजिक कथामा आधारित छ ।

सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको चलचित्रमा रोशी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माताका रूपमा छन् । चलचित्रको पहिलो भागले व्यावसायिक सफलता हासिल गरेको थियो ।

‘झिङ्गेदाउ २’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ । चलचित्रको एड्भान्स बुकिङसमेत खुलिसकेको छ ।


बिहिबार, १ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go