logo

२०८३ कार्तिक ६ बिहिबार

कुलब्वाय ब्रान्ड एम्बेसडर नियुक्त

कुलब्वाय ब्रान्ड एम्बेसडर नियुक्त

195
SHARES
कुलब्वाय ब्रान्ड एम्बेसडर नियुक्त

व्यवसायमा सहकार्यले बजार विस्तारसँगै ब्रान्डको पहुँच बढाउन महत्वपूर्ण भूमिका खेल्छ। यही उद्देश्यसहित लामो समयदेखि गुणस्तरीय फर्निचर उपलब्ध गराउँदै आएको ‘सोफा स्टोर’ले अभिनेता तथा टिकटक स्टार पारस बम ठकुरी (कुलब्वाय) लाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

जडीबुटीस्थित सोफा स्टोरको मुख्य कार्यालयमा आयोजित कार्यक्रममा पारस र सोफा स्टोरबीच एक वर्षका लागि व्यावसायिक सहकार्यको सम्झौता भएको हो। युवापुस्तामाझ लोकप्रिय पारसलाई ब्रान्डसँग जोड्दै सोफा स्टोरले आफ्नो बजार विस्तार अभियानलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

सोफा स्टोरका सञ्चालक दीपेन्द्र धरेलका अनुसार पारससँगको सहकार्य बिक्री प्रवर्द्धनमा मात्र सीमित नभई गुणस्तरीय उत्पादनप्रतिको कम्पनीको प्रतिबद्धतालाई उपभोक्तासम्म पुर्‍याउने माध्यमसमेत हो।

ब्रान्ड एम्बेसडरको रूपमा सार्वजनिक भएपछि पारसले आफूले प्रवर्द्धन गर्ने ब्रान्डको गुणस्तरलाई विशेष प्राथमिकता दिने बताए। उनले स्वास्थ्य तथा समाजमा नकारात्मक असर पार्ने वस्तुको प्रचार नगर्ने आफ्नो धारणा राख्दै सोफा स्टोरका उत्पादनको गुणस्तरमा विश्वस्त भएर सहकार्य गरेको बताए।

दसैँ, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा घर सजावट तथा नयाँ फर्निचर खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै सोफा स्टोरले आफ्नो कलेक्सनमा जोड दिएको छ। पारसले पनि ग्राहकलाई सोफा स्टोरका विभिन्न शाखामा पुगेर उपलब्ध फर्निचर तथा अन्य उत्पादन अवलोकन गर्न आग्रह गरेका छन्।

पारसले यो सहकार्यलाई एक वर्षको व्यावसायिक सम्झौताभन्दा पनि दीर्घकालीन सम्बन्धको सुरुवातका रूपमा लिएको बताए। साथै उनले सोफा स्टोरका सञ्चालक धरेलको व्यवसायिक यात्राको सफलताको शुभकामना दिँदै कम्पनीको विस्तारसँगै थप रोजगारीका अवसर सिर्जना हुने विश्वास व्यक्त गरे।

सञ्चालक धरेलले पारससँगको सहकार्यबाट ब्रान्डको पहुँच देशका विभिन्न क्षेत्रमा विस्तार गर्न थप सहयोग पुग्ने अपेक्षा व्यक्त गरे। उनका अनुसार सोफा स्टोर र पारस दुवै आ–आफ्नो क्षेत्रमा उदीयमान शक्ति भएकाले यो सहकार्यले कम्पनीको आगामी यात्रामा सकारात्मक प्रभाव पार्नेछ।

सोफा स्टोरमा सामान्यदेखि लक्जरी सेग्मेन्टसम्मका फर्निचर उपलब्ध छन्। आफ्नै कारखानामा उत्पादन गरिएका विभिन्न प्रकारका फर्निचर बिक्री गर्दै आएको स्टोरका जडीबुटी, महाराजगन्ज, भक्तपुर र चमातीमा काठमाडौं उपत्यकाभित्रका बिक्री केन्द्र छन्। उपत्यकाबाहिर धनगढी र सुर्खेतमा पनि यसको शाखा सञ्चालनमा छन्।

कम्पनीका अनुसार सोफा स्टोरले हाल करिब एक सय जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको छ।


सोमबार, १२ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go