logo

२०८३ कार्तिक ५ बुधबार

‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेउ’ सार्वजनिक

‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेउ’ सार्वजनिक

52
SHARES
‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेउ’ सार्वजनिक

आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेउ’ सार्वजनिक गरिएको छ। लोकलयमा आधारित गीतमा सुरेन्द्र रानाको शब्द र एसडी योगीको संगीत रहेको छ। गीतमा एसडी योगी र गीताञ्जली थापा मगरले स्वर दिएका छन्। यसअघि सुरेन्द्र राना र एसडी योगीको सहकार्यमा तयार भएको ‘रुकुम मैकोट’ गीतले दर्शकमाझ राम्रो लोकप्रियता कमाएको थियो।
सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार उपासना सिंह ठकुरी र सोनम ताप्देन मगर समुदायको परम्परागत पहिरनमा देखिएका छन्। आकर्षक नृत्यसहित प्रस्तुत भिडियोले उनीहरूबीचको प्रेम, निकटता र आपसी आकर्षणलाई उजागर गरेको छ। भिडियोको कोरियोग्राफी सुरेन्द्र राई, सुसन तामाङ र शेखर घर्ती मगरले संयुक्त रूपमा गरेका हुन् भने शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका छन्।
अशोक थापा मगरको निर्देशनमा बनेको फिल्ममा उपासना र सोनमसँगै शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, राजु रेग्मी मगर, भावना मगर, माओत्से गुरुङ, बुद्धि तामाङ, उषा खड्गी, खड्क बहादुर पुन, लुनिभा तुलाधर र कर्मा सिंह लामालगायत कलाकारको अभिनय छ। अभिनेता तथा क्याप्टेन विजय लामा फिल्ममा विशेष भूमिकामा प्रस्तुत भएका छन्।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा ओम घर्ती मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर, सुस्मिता बुढाथोकी र राधा थापा छन्।
मगर समुदायको सांस्कृतिक प्रतीकका रूपमा रहेको ढुंगाको स्तम्भलाई कथाको केन्द्रमा राखेर निर्माण गरिएको ‘जलाकी’ले सांस्कृतिक पृष्ठभूमिमा प्रेमकथा प्रस्तुत गर्नेछ। सार्वजनिक गीतले फिल्मको सांस्कृतिक पक्षसँगै मुख्य जोडीको प्रेमभावलाई पनि दर्शकमाझ चिनाउने प्रयास गरेको छ।


आइतबार, २ कार्तिक २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go