प्रदीप रावत, विपना थापा, पल शाह, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, मलिका महतलगायत कलाकारको अभिनय रहेको चलचित्र ‘आ बाट आमा २’ को दशैँ विशेष गीत सार्वजनिक भएको छ ।
चलचित्रमा समावेश ‘रातो टीका जमरा लगाउँदा क्या दामी देखियो’ बोलको गीतमा बाबुल गिरी, रचना रिमाल, रवि ओड र जुनु रिजालको स्वर रहेको छ । गीतका शब्द, संगीत, एरेन्ज, मिक्सिङ तथा मास्टरिङ बाबुल गिरीले गरेका हुन् ।
दशैँको पारिवारिक तथा सांस्कृतिक माहोललाई प्रस्तुत गरिएको गीतमा चलचित्रका कलाकारहरूलाई समेत देखाइएको छ । गीतले दशैँमा टीका, जमरा र पारिवारिक जमघटको वातावरणलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरेको छ ।
गीतको भिडियो सम्पादन शाहिल खानले गरेका छन् भने कलर राजेन्द्र मोक्तानले गरेका छन् । चलचित्रको निर्देशन चन्द्र पन्तले गरेका हुन् ।
‘आ बाट आमा २’ मा स्वर्गीय प्रदीप रावत, विपना थापा, पल शाह, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, मलिका महत, निकिता आचार्य र रिस्ता गुरुङलगायत कलाकारको अभिनय छ । चलचित्रमा नरैन खड्का, गजित विष्ट, बेगम नेपालीलगायत कलाकार पनि छन् ।
चलचित्रको कथा, पटकथा तथा निर्देशन चन्द्र पन्तको रहेको छ । रोशन भट्ट लेखक तथा सौगात भट्ट सहायक लेखकका रूपमा छन् । चलचित्रको छायांकन नवराज उप्रेतीले गरेका छन् भने सम्पादन शाहिल खान र मिलन श्रेष्ठले गरेका छन् । संगीत बाबुल गिरीको रहेको छ ।
आर्या इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘आ बाट आमा २’ असोज ३० गते अर्थात् अक्टोबर १६ देखि सिनेमा हलमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।
चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd