logo

२०८३ कार्तिक ७ शुक्रबार

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल, बालबालिकालाई लक्षित सामग्री बनाउने

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल, बालबालिकालाई लक्षित सामग्री बनाउने

  • kollywood 1
  • आइतबार, २५ असोज २०८३
195
SHARES
सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल, बालबालिकालाई लक्षित सामग्री बनाउने

बलिउड अभिनेता सलमान खानले ‘बिइङ द सलमान खान’ नामबाट आफ्नै युट्युब च्यानल सुरु गरेका छन् । अभिनेता खानले नयाँ च्यानलमार्फत बालबालिकालाई लक्षित शैक्षिक तथा मनोरञ्जनात्मक सामग्री प्रस्तुत गर्ने बताएका छन् ।

सलमानले सामाजिक सञ्जालमार्फत च्यानलको उद्देश्य स्पष्ट पार्दै बालबालिकाका लागि शिक्षा, रमाइलो, माया र पारिवारिक सम्बन्धलाई महत्त्व दिने सामग्री तयार गरिने बताएका हुन् । उनका अनुसार, च्यानलमा प्रस्तुत हुने सामग्री सबै उमेरका दर्शकका लागि नभई विशेषगरी साना बालबालिकालाई ध्यानमा राखेर निर्माण गरिनेछ ।

च्यानलको पहिलो भिडियोमा सलमानका दुई फरक रूप देखाइएको छ । एउटामा उनी प्रशिक्षक र अर्कोमा विद्यार्थीको भूमिकामा प्रस्तुत भएका छन् । भिडियोमा आफ्नो विशिष्ट शैली, हाउभाउ र संवाद प्रस्तुत गर्ने तरिकालाई रमाइलो ढङ्गले सिकाइएको छ ।

च्यानल सुरु भएको प्रारम्भिक चरणमै ७३ हजारभन्दा बढी सदस्य जोडिएका छन् भने १० वटा छोटा भिडियोसमेत सार्वजनिक भइसकेका छन् । यसअघि पनि अल्लु अर्जुन, मोहनलाललगायतका भारतीय कलाकारले आफ्नै आधिकारिक युट्युब च्यानल सञ्चालन गर्दै आएका छन् ।


आइतबार, २५ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go