logo

२०८३ कार्तिक ६ बिहिबार

दशैं–तिहार लक्षित ‘सिनेमाघर’को मुभी मेला, घरमै बसेर हेर्न पाइने नेपाली फिल्म

दशैं–तिहार लक्षित ‘सिनेमाघर’को मुभी मेला, घरमै बसेर हेर्न पाइने नेपाली फिल्म

52
SHARES
दशैं–तिहार लक्षित ‘सिनेमाघर’को मुभी मेला, घरमै बसेर हेर्न पाइने नेपाली फिल्म

नेपाली चलचित्रलाई डिजिटल माध्यमबाट दर्शकमाझ पुर्‍याउँदै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहारको अवसर पारेर ‘दशैं–तिहार मुभी मेला’ सुरु गरेको छ। यस मेलामार्फत दर्शकले घरमै बसेर विभिन्न नेपाली चलचित्र हेर्न सक्नेछन्।

सिनेमाघरले सार्वजनिक गरेको जानकारीअनुसार मेलामा ‘ह्रस्व दीर्घ’, ‘के घर के डेरा : घर नम्बर २’, ‘लाज शरणम्’, ‘मायावी’, ‘कार्साङ’, ‘हरिबहादुरको जुत्ता’, ‘कठपुतली’ र ‘प्रवासी जीवन’ लगायतका चलचित्र स्ट्रिमिङका लागि उपलब्ध छन्।

दर्शकको सुविधालाई ध्यानमा राख्दै सिनेमाघरले विभिन्न डिजिटल उपकरणमा चलचित्र हेर्न मिल्ने व्यवस्था गरेको छ। मोबाइल वा ट्याब्लेट प्रयोगकर्ताले गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट सिनेमाघर एप डाउनलोड गरेर चलचित्र हेर्न सक्छन्। त्यस्तै, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी र एलजी वेबओएसमा पनि एप प्रयोग गर्न सकिनेछ।

मोबाइलबाट क्रोमकास्ट प्रयोग गरी टिभीमा चलचित्र हेर्न मिल्ने सुविधा पनि प्लेटफर्ममा छ। कम्प्युटर प्रयोगकर्ताले वेब ब्राउजरमार्फत चलचित्र हेर्न सक्नेछन्। उच्च गुणस्तरमा दृश्यको आनन्द लिन चाहने दर्शकका लागि सिनेमाघरले 4K स्ट्रिमिङको सुविधा समेत उपलब्ध गराएको छ।

नेपाली चलचित्रलाई स्वदेशदेखि विदेशसम्मका दर्शकमाझ पुर्‍याउने उद्देश्यसहित सिनेमाघरले डिजिटल प्रदर्शनलाई प्राथमिकता दिँदै आएको छ। हलमा प्रदर्शन भइसकेका चलचित्रलाई अनलाइन माध्यमबाट उपलब्ध गराउँदा नेपालबाहिर रहेका नेपाली दर्शकलाई समेत आफ्नै भाषाका चलचित्र हेर्न सहज हुने गरेको छ।

दशैं–तिहारको लामो बिदामा परिवार तथा साथीभाइसँग समय बिताउँदै नेपाली चलचित्र हेर्न चाहने दर्शकका लागि यो मुभी मेला विकल्प बन्न सक्नेछ। विभिन्न विधाका चलचित्रलाई एउटै डिजिटल प्लेटफर्ममा उपलब्ध गराउने सिनेमाघरको यो पहलले चाडपर्वमा घरमै बसेर मनोरञ्जन लिने अवसर प्रदान गरेको छ।


आइतबार, २ कार्तिक २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go