गत वैशाख २५ गतेदेखि हलमा प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ अब ओटीटी प्लेटफर्म डिगो एपमा उपलब्ध भएको छ। फूलपातीको अवसर पारेर सार्वजनिक गरिएको फिल्मलाई डिगो एपमार्फत विश्वभर एकसाथ रिलिज गरिएको हो।
आमा र छोरीबीचको सम्बन्ध तथा शिक्षाको महत्वलाई मुख्य विषय बनाएको फिल्मलाई अब विश्वका विभिन्न देशमा रहेका नेपाली दर्शकले घरमै बसेर हेर्न सक्नेछन्। षट्कोण आर्ट्सको निर्माणमा बनेको यो फिल्म विदेशका सबै स्थानमा एकैसाथ प्रदर्शन हुन नसकेपछि डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याइएको हो।
निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँका अनुसार विदेशमा बसोबास गर्ने धेरै नेपालीले हलमा फिल्म हेर्ने अवसर नपाएकाले डिगो एपमार्फत विश्वभरका दर्शकसम्म फिल्म पुर्याउने प्रयास गरिएको हो।
डिजिटल प्लेटफर्ममा फिल्म सार्वजनिक भएसँगै नेपालबाहिर रहेका नेपाली दर्शकले पनि ‘लालीबजार’ हेर्ने अवसर पाएका छन्।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd