बलिउड अभिनेत्री कंगना रनावतको फिल्म ’इमर्जेन्सी’ आगामी सेप्टेम्बर ६ अर्थात भदौ २१ गतेदेखि प्रदर्शन हुने भएको छ । निर्माण टिमले मंगलबार एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । फिल्मलाई कंगनाले नै निर्माण तथा निर्देशन गरेकी हुन ्। फिल्ममा कंगना भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिएकी छन् । फिल्ममा कंगनाको अलावा अनुपम खेर, महिमा चौधरी, मिलिन्द सोमन, श्रेयस तलपडे, विशाक नय्यर, सतीश कौशिकलगायत कलाकारको अभिनय रहेको छ ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd