गायिका स्मिता दाहालले नयाँ गीत ‘ज्यानमाया’ सार्वजनिक गरेकी छन् । सार्वजनिक गरिएको गीतमा नवराज ढुंगानाको शब्द र दीपक शर्माको संगीत रहेको छ ।
गीतको भिडियोमा प्रियंका कार्की, कविता नेपाली र सरोज ओलीले अभिनय गरेका छन् । भिडियोमा प्रियंका र कविता नायिकाको भूमिकामा सुटिङ गरिरहेका देखिन्छन् । सरोज ओली भिलेनको भूमिकामा छन् ।
गम्भीर विष्टले निर्देशन गरेको भिडियोमा पवन सुस्लिङको छायांकन र सम्पादन छ ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd