logo

२०८३ असोज ७ बुधबार

नौरती फुली’को धमाका, ४८ घण्टामै ५ लाखभन्दा बढी भ्युज

नौरती फुली’को धमाका, ४८ घण्टामै ५ लाखभन्दा बढी भ्युज

  • kollywood 1
  • सोमबार, ४ साउन २०८३
520
SHARES
नौरती फुली’को धमाका, ४८ घण्टामै ५ लाखभन्दा बढी भ्युज

२०८३ सालको तीज विशेष गीत ‘नौरती फुली’ ले सार्वजनिक भएको ४८ घण्टामै युट्युबमा ५ लाखभन्दा बढी भ्युज प्राप्त गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ। शुक्रबार एलिना चौहान अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै दर्शकको राम्रो साथ पाएको हो।
गीतमा एलिना चौहानसँगै रचना रिमाल, मेलिना मैनाली र दीपिका बायम्बुको स्वर रहेको छ भने दीपक शर्माको शब्द तथा संगीत छ। उदयराज पौडेलले संगीत संयोजन गरेको गीतको म्युजिक भिडियो मुस्कान हिमालीले निर्देशन तथा कोरियोग्राफी गरेका हुन्। भिडियोमा स्मारिका ढकाल, जुना सुन्दास, सञ्चिता बोल्खे र रिना थापाको अभिनय देख्न सकिन्छ।
तीजको मौलिक संस्कृति, उत्सव र नृत्यलाई आकर्षक ढंगले प्रस्तुत गरिएको ‘नौरती फुली’ ले सार्वजनिक भएको दुई दिनमै ५ लाखभन्दा बढी भ्युज बटुल्दै यस वर्षको चर्चित तीज गीतमध्ये एक बन्ने संकेत दिएको छ।


सोमबार, ४ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go