logo

२०८३ भाद्र २३ मंगलबार

साउन लागेसँगै तिजमय बन्यो कला क्षेत्र, गीत रेकर्डिङदेखि सार्वजनिकसम्म कलाकार व्यस्त

साउन लागेसँगै तिजमय बन्यो कला क्षेत्र, गीत रेकर्डिङदेखि सार्वजनिकसम्म कलाकार व्यस्त

  • kollywood 1
  • मंगलबार, ५ साउन २०८३
585
SHARES
साउन लागेसँगै तिजमय बन्यो कला क्षेत्र, गीत रेकर्डिङदेखि सार्वजनिकसम्म कलाकार व्यस्त

साउन महिना सुरु भएसँगै नेपाली सांगीतिक क्षेत्रमा तिजको रौनक छाएको छ। चर्चितदेखि नयाँ पुस्तासम्मका गायक–गायिका, संगीतकार, गीतकार, मोडल तथा निर्देशकहरू तिज विशेष गीतको रेकर्डिङ, म्युजिक भिडियो छायांकन, सम्पादन र सार्वजनिक गर्ने तयारीमा व्यस्त देखिएका छन्।
हरेक वर्षझैँ यस वर्ष पनि मौलिक तिज गीतसँगै आधुनिक शैलीका गीतहरू बजारमा ल्याउने प्रतिस्पर्धा बढेको छ। युट्युब र सामाजिक सञ्जाललाई लक्षित गर्दै कलाकारहरूले एकपछि अर्को तिज गीत सार्वजनिक गर्ने तयारी गरिरहेका छन्। स्टुडियो, छायांकन स्थल र पोस्ट–प्रोडक्सन हाउसहरू कलाकारको चहलपहलले भरिएका छन्। तिज पर्व नजिकिँदै जाँदा आगामी केही सातामा दर्जनौँ नयाँ तिज गीत सार्वजनिक हुने अपेक्षा गरिएको छ।

मंगलबार, ५ साउन २०८३
सम्बन्धित समाचार
Go