संचारकर्मी लक्ष्मण सुवेदीको निर्माण र निर्देशन रहेको फिल्म सती देवीको लैजा दैव वोलकोे गीत रिलिज गरिएको छ । रिलिज गरिएको गीतमा ममता गुरुङको स्वर रहेको छ भने लक्ष्मण सुवेदीको शव्द र सुवाष भुषालको संगीत रहेको छ ।
आगामी साउन ४ गतेदेखि प्रदर्शनको तयारीमा रहेको यो फिल्ममा मल्लिका महत,हर्षिका ओली, मन्जिला वानिया, सन्दिप वावु लोहनी, रमेश वुढाथोकी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकरको व्यानरमा निर्माण भएको यो फिल्ममा दिपक शर्मा र सुवाष भुसालको संगीत, रामजी लामिछानेको कोरीयोग्राफी,तारा थापा किम्भेको सम्पादन रहेको छ । फिल्मलाइ श्रीदेवी सुवेदी र विशाल सुवेदीले निर्माण गरेका हुन ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd