गत सातावाट प्रदर्शनमा आएको भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’ को रिलिज रोकिएको छ । फिल्मले सेन्सर प्रक्रिया पूरा नगरेको भन्दै चलचित्र विकास बोर्डले रिलिजको एक सातापछि प्रदर्शन रोकेको हो ।
१३ वर्षअघि रिलिज भइसकेको फिल्म गत शुक्रबारबाट पुनः प्रदर्शन गरिएको थियो । तर पसन रिलिज हुदा सेन्सर नगरिएकोले प्रदर्शन रोकेको जनाइएको छ । पाँच वर्षपछि पुनः रिलिज गर्दा सेन्सर पास गर्नुपर्ने प्रावधान छ । तर ‘आचार्य’ ले उक्त प्रक्रिया पूरा नगरेकाले सञ्चार तथा सूचना प्रविधिको मन्त्रालयको निर्देशन अनुसार बोर्डले अनुगमन गरी शुक्रबारबाट प्रदर्शन रोकेको बोर्डले जनाएको छ ।
यता ‘आचार्य’ को निर्माता रोशन राईले भने आफूहरुले फिल्म पुनः सेन्सर गर्न खोजे पनि नमिलेको बताए । ‘पाँच वर्ष कटेपछि चार महिनाभित्र सेन्सर रिन्यु गर्नुपर्ने रहेछ । १३ वर्षअघि नै रिलिज भएको यो फिल्म जरिवाना तिरेर सेन्सर गर्छौं भन्दा पनि प्रावधानमा नमिल्ने रहेछ,’। त्यसैले डिस्ट्रिब्युटरकै सल्लाहमा चलाएको राइले वताए । फिल्म क्षेत्रकै केही व्यक्तिले उजुरी दिनुभएपछि चलचित्र विकास बोर्डले फिल्म प्रदर्शन रोक्यो । अहिले देशभरका हलबाट हाम्रो फिल्म हटेको छ ।’ यो फिल्ममा सत्यराज आचार्यले बुवा भक्तराज आचार्यको भूमिका निर्वाह गरेका छन् ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd