चलचित्र क्षेत्र ग्ल्यामर र ज्ञानको संगम पनि हो । कलाले समाजलाई निर्देशित गर्छ पनि तर, पछिल्लो समय चर्चा कमाएका र ख्याति पाएका कलाकार नै विभिन्न विवादमा मुछिने र तल्लोस्तरमा पुगेर अभिव्यक्ति दिने गर्नाले सिंगो कलाक्षेत्रमा नै प्रश्न उठ्न थालेको छ ।
चर्चित टेलिभिजन कार्यक्रममा अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहले दिएको अभिव्यक्तिले नेपाली सिने क्षेत्र नै तर?गित बनेको छ ।
राष्ट्रियस्तरको टेलिभिजन कार्यक्रममा सार्वजनिक भएका अभिव्यक्ति एडल्ट फिल्मका सम्वादजस्ता बएको भन्दै चर्को आलोचना शुरु भएपनि टेलिभिजन र कार्यक्रम प्रस्तोताको माैनतालाई अर्थपूर्ण रुपमा लिइएको छ ।
स्वस्तिमा र साम्रागीले कार्यक्रम होस्ट ओसिन सिटौलासँग गरेको सम्वाद अत्यन्तै भल्गर र अमर्यादीत भएपनि पछिल्लो समय भ्यूज बटुल्ने ध्येयका कारण मर्यादा र पत्रकारिताको धर्ममा नै प्रश्न उठ्न थालेको छ ।
नायक अनमोल केसी, जसिता गुरुङ लगायतलाई अनावश्यक विवादमा तान्ने गरि कार्यक्रममा नाम उच्चारण गरिएको छ । जतिसा त अनमोलले सार्वजनिक रुपमै विरोपध गरेपछि स्वस्तिमाले माफी समेत मागेकी छन भने साम्राज्ञीले उल्टै वकवास कुराहरु गरेको आरोप लागिरहेको छ ।
स्वस्तिमा चल्तीको कलाकार भएकाले पनि उनको आलोचना तीब्र बनिरहेको छ । यता साम्राज्ञी पनि विवादमा आइरहने र अन्टसन्ट गरिरहने कलाकारको रुपमा चिनिने हुनाले पनि यस्ता प्रवृत्तिलाई रोक्नुपर्नेमा कलाकारका संघ संस्थाहरुले समेत आवाज उठाइरहेका छन् ।
कलाले समाजलाई समेत निर्देशित गर्छ भनेपनि कलाकार नै आफ्नो जिम्मेवारीबाट अलग्गिदै दिने यस्ता सार्वजनिक अभिव्यक्तिले हित गर्ला ? प्रश्न स्वस्तिमा, साम्राज्ञी र ओसिनलाई मात्रै नभएर सिंगो कला क्षेत्रलाई गर्न थालिएको छ । तर, स्वस्तिमा र साम्राज्ञीले भने कार्यक्रम हटाउन सार्वजनिक अपिल नै गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ । कार्यक्रममा विवाद सिर्जना भएपछि कार्यक्रमका पूर्वप्रस्तोता सुरजसिंह ठकुरीले समेत चित्त दुखाएका छन् । ठकुरीले आफूले आफ्नो जीवनको अमूल्य समय ददिएर स्थापित गरेको ब्राण्डले अमर्यादीत काम गरेको भन्दै चित्त दुखाएका छन भने उनले यस्तो गर्न नहुनेमा समेत सचेत गराएका छन् ।
उसोतः यो विषयमा चलिरहेको विवाद सामाजिक सञ्जालमा छताछुल्ल बनेको छ । धेरैले कार्यक्रमलाई लिएर विरोध गरिरहेका छन भने कस्तो समाज निर्माण गर्न खोजेको हो भन्दै प्रश्न समेत गरेका छन् ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd