पछिल्लो समयमा नेपालमा विभिन्न रियालिटी शो हरुले चर्चा पाइरहेको वेला कृषि र मनारंजनमा आधारीत नया रियालिटी शो पनि आउने भएको छ । असार १५ अर्थात राष्ट्रिय धान दिवसको अवसरमा एग्रिकल्चर गेम रियालिटी शो ‘र’को घोषणा गरिएको छ । धान रोपाई उत्सव मनाउँदै नयाँ टिभी शो आउने जानकारी दिइयो । उक्त कार्यक्रमका लागि आवेदन समेत खुला गरिएको छ । यो कार्यक्रमका लागि तीनै तहका सरकारसहित त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्यन संस्थानलगायतसँग साझेदारी समेत भएको छ ।
अभिनेता राजेश हमाल होस्टको रुपमा रहेको यो रियालिटी शो मा व्यावसायिक किसान र बीएससी कृषि वा सो सरह अध्ययन गरेका व्यक्तिले आवेदन दिन सक्छन् भने कार्यक्रममा १६ वटा विषयगत एपिसोड समावेश हुनेछन् । जसमा कृषि मन्त्रालयका पूर्वसचिव योगेन्द्रकुमार कार्की, कृषि अर्थशास्त्री नम्रता पाण्डे र अन्य विषय विज्ञहरु सहभागी रहेको निर्णायकले सहभागीको प्रस्तुतिलाई मूल्यांकन गर्नेछ । कृषि उद्यमशिलता र जलवायु परिवर्तनलाई मुख्य विषय बनाएर कार्यक्रम उत्पादन गर्न लागिएको जनाइएको छ । ‘किसानलाई सम्मानजनक पहिचान दिने उद्देश्य अनुरुप प्रस्तुत गरिनेछ’ विज्ञप्तिमा भनिएको छ । कृषक र कृषि प्रविधिकले शोमा भाग लिनेछन् जसमा दिगो र नवीन कृषि अभ्यास प्रवर्धन गर्दैै उनीहरूको कृषि सम्बन्धी ज्ञान, रचनात्मकता र कौशलताको परीक्षण गरिने उल्लेख छ । राष्ट्रिय धान दिवसको अवसरमा ललितपुर महानगरपालिका–२१, खोकनाको सहकार्यमा आयोजित समारोहमा अभिनेता हमालसहित पूर्वकृषिमन्त्री छविलाल विश्वकर्मा, पूर्वसचिव योगेन्द्रकुमार कार्कीलगायतका व्यक्तित्व सहभागि थिए ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd