logo

२०८१ माघ ८ मंगलबार

logo
  • मंगलबार, ८ माघ २०८१
  • लण्डनमा यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा २०२४)को आयोजना गरिने

    लण्डनमा यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा २०२४)को आयोजना गरिने

    • E24 Nepal
    • आइतबार, १७ असार २०८१
    455
    SHARES
    लण्डनमा यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा २०२४)को आयोजना गरिने

    नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यसहित लण्डनमा यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा २०२४)को आयोजना गरिने भएको छ । यति नेपाली एसोसिएसन बेलायतको आयोजना र सगिक्षा फिल्म इन्टरटेनमेन्ट प्रालिको व्यवस्थापनमा समारोह गर्न लागिएको यो अर्वाड आगामी भदौ १५ गते हुने ।
    अभिनेता सुनिल थापा जुरी संयोजक, गौरी मल्ल र उज्ज्वल घिमिरे सदस्य रहने यो अर्वाड कार्यक्रममा सन् २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका फिल्महरु समावेस हुने छन । ति फिल्म मध्येबाट छनोट हुने उत्कृष्ट ३ फिल्मलाई पुरस्कृत गरिने वताइएको छ ।
    संस्थाका अध्यक्ष पिप्ला देवन थापाले मर्यादित अवार्ड समारोह आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दै अवार्डका लागि युके कमिटीमा अध्यक्ष थापासहित पूर्वअध्यक्ष उमेश मोक्तान, महासचिव टंक भट्टराई, सचिव आशिषराज पन्त र पाल्देन लामा रहेको जानकारी दिइन छन् । त्यस्तै नेपाल कमिटीमा सगिक्षा फिल्मसको तर्फबाट सुनिल क्षेष्ठ अध्यक्ष, मनोज केसी महासचिव, मोहन श्रेष्ठ सचिव, प्रकाश कुवँर कोषाध्यक्ष र मनीष कार्की संयोजकका रुपमा रहेका छन् ।




    आइतबार, १७ असार २०८१
    सम्बन्धित समाचार
    Go