logo

२०८१ माघ ८ मंगलबार

logo
  • मंगलबार, ८ माघ २०८१
  • नेपालका टेलिभिजनलाइ पनि काधमा वोक्न राजेश हमालको तयारी

    नेपालका टेलिभिजनलाइ पनि काधमा वोक्न राजेश हमालको तयारी

    • E24 Nepal
    • शुक्रबार, २२ असार २०८१
    403
    SHARES
    नेपालका टेलिभिजनलाइ पनि काधमा वोक्न राजेश हमालको तयारी

    लामो समयसम्म नेपाली फिल्म उधोगलाइ एक्लै काधमा वोकेर हिडेका महानायक राजेश हमाल अव नेपालका टेलिभिजनलाइ पनि काधमा वोक्न तयारी अवस्थामा रहेका छन । हमाल यतिवेला टेलिभिजनका लायि कार्यक्रम निर्माण गर्न लागि परेका छन । हमालका यो नेपाली सिर उचाली र सफलताको कथा अहिले प्रसारण भैरहेका छन । यसैविच हमाल अव एग्रिकल्चर गेम रियालिटी शो ‘र’ मा कार्यक्रम संचालकको रुपमा आउदैछन । राष्ट्रिय धान दिवसको अवसरमा एग्रिकल्चर गेम रियालिटी शो ‘र’को घोषणा गरिएको छ । धान रोपाई उत्सव मनाउँदै नयाँ टिभी शो आउने जानकारी दिदैे कार्यक्रमका लागि आवेदन समेत खुला गरिएको छ । यो कार्यक्रमका लागि तीनै तहका सरकारसहित त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्यन संस्थानलगायतसँग साझेदारी समेत भएको छ । व्यावसायिक किसान र बीएससी कृषि वा सो सरह अध्ययन गरेका व्यक्तिले सहभागी हसन सक्ने यो कार्यक्रम १६ एपिसोडको हुनेछ ।
    कार्यक्रममा सहभागीको प्रस्तुतिलाई निर्णायक प्यानलले मूल्यांकन गर्नेछ । निर्णायकको प्यानलमा कृषि मन्त्रालयका पूर्वसचिव योगेन्द्रकुमार कार्की, कृषि अर्थशास्त्री नम्रता पाण्डे र अन्य विषय विज्ञ रहने छन् ।
    ‘र’लाई बेजोड़ रियालिटी गेम शो वनाइने वताउदै कृषि उद्यमशिलता र जलवायु परिवर्तनलाई मुख्य विषय बनाएर कार्यक्रम उत्पादन गर्न लागिएको जनाइएको छ । कार्यक्रमलाइ हास्टको रप्मा रहेका महानायक राजेश हमालले मनारंजनात्मक रुपमा प्रस्तुत गर्ने छन ।




    शुक्रबार, २२ असार २०८१
    सम्बन्धित समाचार
    Go