दक्ष इन्टरनेसनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा भएको सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल २०२४’ हालै सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत नवौं संस्करणको ‘मिस ब्युटिफुल नेपाल’ को उपाधि सञ्जिला तामाङ र आठौं संस्करणको ‘मिसेस ब्युटिफुल नेपाल’को उपाधि विजया अधिकारीले जितेका छन् ।
सरोज खनाल, यम बराल, सुनिता दुलाल, मञ्जु थापा, बालकृष्ण पोख्रेल, मनकुमारी पोखे्रल र निलम गुरुङ थिए निर्णयक रहेको उक्त प्रतियोगितामा ‘मिस ब्युटिफुल नेपाल’ तर्फ विपना मल्ल ‘फष्ट रनरअप’, इश्वरी हमाल ठकुरी ‘सेकेण्ड रनरअप’ र ‘पब्लिक च्वाईस’, जेलिना भट्टराई ‘मोष्ट पपुलर’ र सञ्जिला तामाङ ‘मोष्ट ट्यालेन्ट’ घोषित भए ।
त्यस्तै ‘मिसेस ब्युटिफुल नेपाल’तर्फ रमिता बज्राचार्य ‘फष्ट रनरअप’, रितु रौनियार ‘सेकेण्ड रनरअप’, विजया अधिकारी ‘पब्लिक च्वाईस’ र ‘मोष्ट पपुलर’ घोषित भए । फिनालेमा दुवै समूहका आठ–आठ गरी १६ प्रतिष्पर्धी थिए ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd