logo

२०८२ जेष्ठ १० शुक्रबार

logo
  • शुक्रबार, १० जेष्ठ २०८२
  • ‘ईश्वर’को ‘तिमी आयौ’ गीत सार्वजनिक

    ‘ईश्वर’को ‘तिमी आयौ’ गीत सार्वजनिक

    • E24 Nepal
    • आइतबार, २४ असार २०८१
    897
    SHARES
    ‘ईश्वर’को ‘तिमी आयौ’ गीत सार्वजनिक

    आगामी साउन ११ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘ईश्वर’को ‘तिमी आयौ’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा कृष्ण काफ्लेको स्वर, भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ । गीतको भिडियोमा अभिनेता पृथ्वीराज प्रसाईं र अभिनेत्री अनु शाह फिर्चड छन ।
    राजु गिरीको निर्देशनमा तयार भएको फिल्ममा पृथ्वी र अनुको अलावा सहित सुनिल थापा, शिशिर वाङ्गदेल, माओत्से गुरुङ, रविन्द्र झा, बुद्धि तामाङ, आदिको अभिनय रहेको छ । दिव्या कंगना फिल्म्सको ब्यानरमा हरिबहादुर थापाले निर्माण गरेको यो फिल्ममा अन्तरजातीय प्रेम कथालाइ प्रस्तुत गरिएको छ ।
    निर्देशक गिरी स्वयंको कथा र भोजराज देवकोटाको पटकथा तथा संवाद लेखन रहेको फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत ,रामेश्वर हुँमागाईको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ ।


    आइतबार, २४ असार २०८१
    सम्बन्धित समाचार
    ताजा अपडेट
    Go