logo

२०८१ फाल्गुन ५ सोमबार

logo
  • सोमबार, ५ फाल्गुन २०८१
  • घरज्वाइँको भव्य प्रिमियर

    घरज्वाइँको भव्य प्रिमियर

    • E24 Nepal
    • बुधबार, २७ असार २०८१
    455
    SHARES
    घरज्वाइँको  भव्य प्रिमियर

    आगामी असार २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म घरज्वाइँको मंगलबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरियो । प्रिमियर शोमा फिल्म हेर्न प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, लगायतका फिल्मकर्मीको उपस्थिती रहेको थियो । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले फिल्मले मगर सम्प्रदायको विषयबस्तु उठान गरेको बताइन् । त्यस्तै फिल्मका मुख्य अभिनेता दायाहाङ राईले मगर संस्कृति निर्देशक अनिलले ५ वर्ष अगाडी कन्सेप्ट बनाएर गरेको तयारी यतिवेला भाको भएदेखि म नहुँन पनि सक्थे होला । तर, त्यो वेलादेखिको हाम्रो एउटा प्लानिङ भएर यो प्रोजेक्ट भएको बताए । त्यस्तै अभिनेत्री मिरुना मगरले पनि घरज्वाइँ हेरेपछि फिलममा काम गरिरहँदा हामी मगरहरुको कल्चर कति रिच रैछ भन्ने कुरा महसुस गरेको वताइन ।



    जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मलाइ अनिल बुढा मगरले निर्देशन गरेका हुन । फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), कविता आले, शिला आले लगायतका कलाकारहरुको को अभिनय रहेको छ ।
    जनक घर्ती मगरले निर्माण गरेको यो फिल्ममा निर्देशक अनिल कै कथा, सुसन प्रजापतिको छायाकन, कृष्ण भन्डारीको सम्पादन रहेको छ ।


    बुधबार, २७ असार २०८१
    सम्बन्धित समाचार
    Go